अल्लू अर्जुनको जन्मदिनमा ‘पुष्पा २’ टिजर सार्वजनिक

अल्लू अर्जुनको जन्मदिनमा ‘पुष्पा २’ टिजर सार्वजनिक

द सिनेमा टाइम्स
504
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दक्षिण भारतीय सुपरस्टार अभिनेता अल्लू अर्जुनको ४२ औं जन्मदिनको अवसर पारेर ‘पुष्पा २ : द रुल’को टिजर सार्वजनिक गरिएको छ । सोमबार सार्वजनिक १ मिनेट ८ सेकेण्ड लामो टिजरमा उनी आफ्नै स्टाइल र अन्दाजमा प्रस्तुत छन् ।

टिजरमा उनी हातमा त्रिशूल लिएर घुँडामा घुँघुरा, कानमा झुम्का, आँखामा गाजल र साडी लगाएर दुश्मनसँग लडिरहेको देखिन्छन् । धार्मिक आयोजनको पृष्ठभूमिमा यो सिन तयार पारिएको छ । तर, उनको लुक्स भिन्न छ । उनी माता कालीको गेटअपमा देखिएका छन् ।

सुकुमारको निर्देशनमा तयार भएको सिनेमामा अल्लूको अपोजिटमा अभिनेत्री रश्मिका मन्दाना छिन् । फहाद फाजिल, धनञ्जय, राव रमेश, सुनिल र अनसूया भारद्वाजको पनि सिनेमामा अभिनय रहेको छ । सिनेमाको पहिलो भाग ‘पुष्पा’मा रक्तचन्दनको तस्करीसँगै पुष्पाराज र श्रीवल्लीको प्रेमलाई देखाइएको थियो ।

सिनेमाको क्लाइमेक्समा पुष्पाको शेखावतसँग लडाइँपछि श्रीवल्लीसँग विवाहको दृश्य समावेश थियो । अब सिक्वेल बदलाको कथामा केन्द्रित हुने देखिन्छ । पाँच भाषामा प्रदर्शन हुन लागेको यो सिनेमा ५ सय करोडमा बनेको हो । ८० करोडमा निर्माण भएको ‘पुष्पा’ले भारतमा ३ सय १३ करोडमाथि कमाएको थियो ।