बेनिशा अभिनित म्युजिक भिडियो ‘कालीगड’ रिलिज

बेनिशा अभिनित म्युजिक भिडियो ‘कालीगड’ रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – गायक सुनिल गिरीले नयाँ गीत ‘कालीगड’को म्युजिक भिडियो सार्वजनिक गरेका छन् । नेपाली सांगीतिक क्षेत्रमा निरन्तर रुपमा सक्रिय रहेका गायक गिरी प्रायः आफ्नो नयाँ शैली मार्फत दर्शक तथा श्रोतामाझ आउने गरेका छन् ।

शनिबार सार्वजनिक गरेको गीतमा उनीसँगै गायिका मेलिना राईको स्वर छ । यो गीत लोक शैलीको गीतमा शब्द तथा संगीत रचना उनकै हो । यो भिडियोमा अभिनेत्री बेनिशा हमाल र मोडल रोशन केसीको अभिनय एवं नृत्य छ ।

लुम्विनीको सुन्दर लोकेसनमा छायांकन गरिएको भिडियोलाई आकर्षक बनाइएको छ । फरक शैलीका गीत दर्शकमाझ ल्याउन माहिर मानिएका गायक गिरीले यसपटक रोमान्टिक गीत नयाँ वर्षको उपलक्ष्यमा दर्शकलाई उपहार स्वरुप सार्वजनिक गरेका हुन् ।

आलोक शुक्लाको छायांकन रहेको भिडियोलाई मनोज कार्कीले सम्पादन एवं कलर ग्रेडिङ गरेका हुन् । भिडियोलाई विक्रम स्वाँरले निर्देशन गरेका छन् ।