सलमानको घरमा गोली प्रहार गर्ने चलाउने व्यक्ति खुल्यो पहिचान

सलमानको घरमा गोली प्रहार गर्ने चलाउने व्यक्ति खुल्यो पहिचान

द सिनेमा टाइम्स
280
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड सुपरस्टार सलमान खानको घरमा केहीदिन पहिले चार राउण्ड हवाई फायर भएको थियो । यो घटना बलिउड स्टार सलमान खानलाई लक्षित थियो । मुम्बईस्थित घरबाहिर गोली चलाउने दुवै आरोपी गुजरातको भुजबाट पक्राउ परेका छन् । घटनाको अनुसन्धान गरिरहेको मुम्बई क्राइम ब्रान्चको टोलीले सोमबार राति उनीहरुलाई पक्राउ गरेको हो ।

मोटरसाइकलमा सवार दुईजनाले यो घटना गराएपछि उनीहरु फरार भएका थिए । प्रहरीले घटनामा संलग्न दुई जनाको पहिचान गरिएको जनाएको छ । प्रहरीले दुवैजना आक्रमणकारीको तस्वीर पनि सार्वजनिक गरेको छ ।

जसमा गोली चलाउने एक व्यक्तिले कालो र सेतो रंगको टिर्सट लगाएका छन् भने अर्को व्यक्तिले रातो टिर्सट लगाएका छन् । उनीहरू दुवैजना गोली चलाएपछि बान्द्रा रेलवे स्टेशनमा देखिएका थिए । भारतीय सञ्चारमाध्यमका अनुसार एकको नाम विशाल उर्फ कालू बताइएको छ । उनीहरूलाई गोली चलाउन बिश्नोई ग्याङका रोहित गोदाराले सुपारी दिएका थिए ।

विशालले गत महिना गुरूग्रामको एक ढाबामा गोली चलाएर एक व्यक्तिको हत्या गरेका थिए । त्यतिबेलादेखि नै उनी फरार थिए । उनी रोहित गोदाराको लागि विदेशमा बसेर काम गरिरहेका थिए । अनमोल बिश्नोईले रोहितलाई उक्त काम सुम्पिएका थिए । अनमोल लोरेन्स बिश्नोईका भाइ हुन् ।

शनिबार बिहान मोटरसाइकलमा आएका दुई जनाले सडकबाटै सलमान खान बस्ने घरमा गोली चलाएका थिए । उनीहरूले गोली चलाउन चोरीको मोटरसाइकल प्रयोग गरेका थिए । त्यहाँ उनीहरूले पाँच राउन्ड गोली चलाएर फरार भएका थिए। सलमान खानलाई वाइ प्लस श्रेणीको सुरक्षा दिइएको छ । त्यसमा ११ जना प्रहरी खटिने व्यवस्था छ ।

मुम्बई प्रहरीले यी व्यक्तिविरुद्ध व्यक्तिहत्याको मुद्दा दायर गरेको छ । सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै सलमानको अपार्टमेन्ट बाहिर चौबीसै घण्टा सशस्त्र प्रहरीको उपस्थिति छ । घटनापछि चर्चित बलिउड सेलिब्रेटीले अपार्टमेन्टमै पुगेर सलमानसँग भेटेका छन् । उनको स्वास्थ्य अवस्था ठीक रहेको पिता सलिम खानले बताएका छन् ।

यो घटनापछि सलमानले आफ्नो सेड्युललाई स्थगित गरेका छैनन् । उनले अहिले कुनैपनि सिनेमा नगरेपनि केही विज्ञापन र ब्राण्ड एन्डोर्समेन्टमा सामेल छन् । उनले आफ्नो क्यालेन्डर अनुसार नै दैनिकी चलाइरहेका बलिउड मिडियाले जनाएका छन् ।