तारिफ बटुल्दै ‘मनसरा’ ट्रेलर, पैसा थन्क्याउन भकारी तयार पार्न निर्माताहरूकै सुझाव

तारिफ बटुल्दै ‘मनसरा’ ट्रेलर, पैसा थन्क्याउन भकारी तयार पार्न निर्माताहरूकै सुझाव

द सिनेमा टाइम्स
203
Shares

द सिनेमा टाइम्स, काठमाडौं – कलाकार दीपकराज गिरी सिनेमामनसरा’को ट्रेलरलाई लिएर लेख्छन्- उपेन्द्र सुब्बाजीको कथा भन्ने शैली मौलिक विविधता बोकेका सिनेमा आजको आवश्यकता हो जय नेपाली सिनेमा ! शुभकामना सबै टिमलाई !!

कथा भन्ने शैली मौलिक भन्नुको अर्थ सिनेमाको मौलिक भन्ने हो नेपाली सिनेमा उद्योगमा सधैँ हुने गरेको टिप्पणी हो- नेपाली पनझल्किने नेपाली सिनेमा बनेनन् फर्मुला सिनेमाले नेपाली सिनेमाको पहिचान दिँदैन आफ्नै कथा भन्ने आफ्नै शैली हुनुपर्छ मौलिक सिनेमा नभएसम्म नेपाली सिनेमाको बजार विस्तार हुँदैन हाम्रो सिनेमा यो हो भनेर विदेशीलाई देआउने हामीसँग सिनेमा हुँदैन

तर, गतवर्षबाट निर्देशनमा डेब्यु गरेका निर्देशक उपेन्द्र सुब्बाले पहिलो सिनेमा नै मौलिक कथा मौलिक तरिकारले भने यसपटक पनि ‘मनसरा’मा त्यो सम्भावना देखिएको ट्रेलरले त्यो संकेत गरेको ट्रेलर हेरेर दीपकराज गिरीले ‘मनसरा’ले मौलिक नेपाली सिनेमाको खडेरी टार्ने बताएका हुन्

बुधबार मध्याह्न सिनेमा मनसराको ट्रेलर सार्वजनिक भयो मौलिकता झल्किने ट्रेलर सार्वजनिक भएसँगै यसको चौतर्फी प्रशंशा सुरु भयो ऐना झ्यालको पुतलीफेम्ड निर्देशक सुजित विडारीमनसरा’को ट्रेलर हेरेपछि आफू चुप लागेर बस्नै नसकेको बताउँछन् उनले फेसबुकमा ट्रेलर सेयर गरे  लेखेकेही नबोली चुपचाप बस्छु भन्यो, उपेन्द्र दाइले यस्तो ट्रेलर फाल्नु भयो कि चुप रहनै सकिएन ब्राभोटि ! दयाहाङ राई, शैलेन्द्र डि कार्की, शान्तिम, मेनुका, प्रवण, मिरुना मगर, आसिफ शाह निमेश श्रेष्ठ

उपेन्द्र सुब्बा आफैँ कथा लेख्छन्, त्यो पनि आफ्नै तरिकाले आफ्नै परिवेशको आफ्नै गाउँठाउँको आफैँ निर्देशन गर्छन् अरु ट्रेलर, टिजरमा फर्मुलामा देखिन्छन् तर उनको आफ्नै शैली जारीमा होस् वा अहिलेकोमनसरामा उनी आफ्नै तरिकाले टिजर, ट्रेलर काट्छन् उनी कविता वाचन गरेर त्यसमा सिनेमाका मुख्य कलाकारलाई मिसाउँछन् त्यही नै दर्शकले मन पराउँछन् जारीको ग्रस कलेक्सनलाई यसले पुष्टि गर्छ

यतिबेला त्यहीजारी’कै छनकमनसरा’मा देख्दैछन् कलाकार तथा निर्माता रवीन्द्र सिंह बानियाँ त्यसैले उनी लेख्छन्, ‘मनसराको ब्याडमा एक्लै उभिएको बिउ हेर्दा झपक्कै बाला झुल्ने छनक देखियो वैशाख २१ मै अवश्य न्वागी खाइन्छ उपेन्द्र दाजी भकारी बुनि राख है बाली भित्र्याउन यसपालीमनसरा’ लहलह झुल्ने देखियो ।’

यस्तै, सम्भावना समीक्षक तथा निर्देशकद्वय मनोज पण्डित दीपेन्द्र लामाले पनि देखेका छन् त्यसैले उनीहरू उपेन्द्रको कामको तारिफ गर्छन् मनोज पण्डित सामाजिक सञ्जाल फेसबुकमा लेख्छन्, ‘उपेन्द्र सुब्बाको सिनेम्याटिक कविताभित्र प्रवीण खतिवडा बाउ बन्ने संघर्ष गर्दै गर्दा अवरोध बनेर शैलेन्द्र कार्कीको दृश्य फ्रेममा दयाहाङ हराएको सम्बन्ध खोज्दै आउँदा मिरुना लार्ड सकस भएको महसुस गरेपछि निमेशले हस्तक्षेप गर्दै वैशाख २१ मा सबै कुरा बेली विस्तार गरौँला भनेर ट्रेलरलाई समापन गरेछन्

टिजर, ट्रेलर होस् वा सिनेमा प्रायः रचनात्क आलोतचना गर्ने मनोजलेमनसरा’को ट्रेलर सिनेम्याटिक देखे ग्रे जोनमा रहेका सिनेमाकामुख्य पात्रहरूबीच नै द्वन्द्व देखे त्यसैले उनले पनि फेसबुकमा ट्रेलर सेयर गरे

लामो समय मौलिक सिनेमा भएनन् भनेर रचनात्मक आलोचना गरेका समीक्षक दीपेन्द्र लामा अहिले आफैँ निर्देशक भएका छन् उनीपनि निर्देशक, कलाकारसहित सिनेमाको टिमलाई बधाई दिन्छन् ट्रेलरले आशा जगाएको देख्छन् लेख्छन्, ‘निर्देशक उपेन्द्र सुब्बा, कलाकार तथा प्राविधिक टिमलाई बधाई ट्रेलरले राम्रै आशा जगाएको वैशाख २१ सम्म कुर्नै पर्यो, होइन !’

वैशाख २१ गते रिलिज हुने सिनेमामनसरा’को ट्रलेर कविताबाट सुरु हुन्छ जसमा सिनेमाका मुख्य पात्रमध्येका दुई दयाहाङ राई मिरुना मगरको प्रेम देखिन्छ प्रवीण मेनुकाको दाम्पत्य जीवनमा खटपटी देखिन्छ त्यसपछि प्रवीण मिरुनाको सम्बन्ध नजिकिएका दृश्य, प्रवीण मेनुकाको छिना झपटी हुँदै अगाडि बढ्ने ट्रेलरले लिम्बूको संस्कार संस्कृति बोल्छ पात्रहरूबीचको सम्बन्ध दरारको दृश्य देखाउँछ सम्बन्धले सिर्जना गरेको बबन्डर मुख्य दुई पात्र दयाहाङ मिरुनाबीचको नजिकिँदै गरेको सम्बन्धसँगै ट्रेलर सकिन्छ

सिनेमामा दयाहाङ, मिरुना, प्रवीण मेनुकासँगै हेमन्त बुढाथोकी, शान्ति गिरी, नेनहान राईको पनि अभिनय   निर्देशक सुब्बाकैलेखन रहेको सिनेमाका निर्माता छायांकार शैलेन्द्र ध्वज कार्की हुन्

विष्णु कुमार लिम्बु मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह-निर्माता रहेको  सिनेमा निमेश श्रेष्ठले सम्पादन गरेका हुन् अर्जुन कार्कीको रंग संयोजन, श्रवलराज पाण्डेको साउन्ड डिजाइन रहेको   मानाहाङ लावती, मनिक शंखर सुभम चाम्लिङ राईको संयूक्त कला निर्देशन गरेका छन्

सिजन दाहाल कार्यकारी निर्माता रहेको सिनेमाको मुख्य सहायक निर्देशक किरण चाम्लिङ राई हुन् एप्पल  इन्टरटेन्मेन्टले वितरण गर्ने सिनेमाको हल पार्टनर क्यूएफएक्स थिएटर हो भने जीटुवान डिजिटल पार्टनर हो