आशीर्वादको पहिलो म्युजिक भिडियोमा प्रियंका र सलिना

आशीर्वादको पहिलो म्युजिक भिडियोमा प्रियंका र सलिना

द सिनेमा टाइम्स
49
Shares

द सिनेमा टाइम्स, काठमाडौं – गायक कृष्ण बिकले म्युजिक भिडियो ‘निरमाया’ सार्वजनिक गरेका छन् । यो गीतमा बिकले गायिका स्मिता दाहालसँग युगल स्वर दिएका छन् । प्रेमिल भावको गीतमा शब्द तथा संगीत भीम बिसीको रहेको छ ।

वर्षमा २ वटा मात्र गीत सार्वजनिक गर्ने गायक कृष्ण बिकले आफूले सङ्ख्यामा भन्दा पनि गुणस्तरमा ध्यान दिने गरेको बताए । ‘हप्तैपिच्छे गीत बजारमा ल्याउन पनि सकिन्छ होला तर, त्यसले मैले श्रोता दर्शकलाई दिन खोजेको गुणस्तरको गीत तयार गर्न भने सक्दिन,’ बिकले बताए । उनले यसअघि ‘हजुर मुसुक्कै’, ‘यानी माया रानी माया’, ‘रातो टिकी’ लगायतका गीत सार्वजनिक गरेका थिए।

गीतको भिडियोमा अभिनेत्री प्रियंका कार्की, अभिनेता आशीर्वाद क्षेत्री र सलिना खत्रीले अभिनय गरेका छन् । ‘नाइँ नभन्नु ल ६’ सिनेमाबाट एक्सन अभिनेताको रूपमा आएका क्षेत्रीले पहिलो पटक म्युजिक भिडियोमा अभिनय गरेका हुन् । उनका यसअघि आएका गीतमा महानायक राजेश हमाल, अभिनेता दिलीप रायमाझी, अभिनेत्री निरुता सिंह लगायतका प्रसिद्ध कलाकारहरूले अभिनय गरेका थिए ।

‘निरमाया’को भिडियोलाई जिबि आग्रीले निर्देशन गरेका छन् भने कोरियोग्राफर कबिराज गहतराज हुन् । सञ्जय लामाले छायांकन गरेको भिडियोका सम्पादक मिलन श्रेष्ठ हुन् भने कलर ग्रेडिङ राजेन्द्र मोक्तानले गरेका छन् ।