अजय र रकुलको ‘दे दे प्या दे २’ मा अनिल कपुर

अजय र रकुलको ‘दे दे प्या दे २’ मा अनिल कपुर

द सिनेमा टाइम्स
119
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता अजय देवगणको सफल सिनेमा ‘दे दे प्यार दे २’ निर्माण तयारी केही समयदेखि चलिरहेको छ । यो सिनेमाको सिक्वेलमा अजय देवगण, लभ रञ्जन र भूषण कुमारले सहकार्य गर्दैछन् ।

सिनेमाको अघिल्ला भाग जहाँबाट सकिएको थियो, त्यहीदेखि दोस्रो श्रृंखला सुरु हुने बलिउड मिडियाले जानकारी दिएका छन् । दोस्रो सिक्वेलले रकुल प्रीत सिंहको परिवारमा चलेको ५० वर्षका पात्र आशिष र २० वर्षकी आयशा पात्रको रोमान्सको कथा भन्ने बताइएको छ ।

यो सिनेमाको छायांकन जुन २०२४ देखि लण्डनमा सुरु हुँदैछ । सिनेमाको शीर्ष भूमिकामा अनिल कपुर पनि अनुबन्धित भएका छन् । अनिलले सिनेमाको कन्सेप्ट सुनेपछि तत्काल सिनेमा खेल्न स्वीकृति दिएका थिए । ‘दे दे प्यार दे २’मा अजय र अनिलको चरित्रसँगै हास्यरस अघिल्लो श्रृंखलामा भन्दा बढी हुनेछ ।

अजय र अनिलका दुई पात्रबीच नोकझोंक सिनेमाको कथावस्तुको रोचक हुने जनाइएको छ । यसअघि कहिल्यै नगरेको चरित्रमा देखिन लागेकोमा यी दुई उत्साहित छन् । यो सिक्वेलले रकुल र अजयको कमेडीलाई पछ्याउँछन्, जहाँ उनीहरुले परिवारको मन जित्ने कोसिस गर्छन् ।

अंशुल शर्माले निर्देशन गर्ने सिनेमालाई रोमकोम जनरामा राखिएको छ । अनिलले यो सिक्वेलमा रकुलको बुवाको चरित्र निर्वाह गर्न सक्ने भनिएको छ । सिनेमालाई लभ रञ्जन र तरुण जैनले मिलेर लेखेका हुन् । यो सिनेमाको प्रदर्शन १ मे २०२५ मा हुने बताइएको छ ।