अमिताभ बने अश्वथात्मा, यस्तो छ ‘कल्की २८९५ एडी’ लुक्स

अमिताभ बने अश्वथात्मा, यस्तो छ ‘कल्की २८९५ एडी’ लुक्स

द सिनेमा टाइम्स
147
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दक्षिण भारतीय सुपरस्टार प्रभाषको मुख्य भुमिका रहको सिनेमा ‘कल्की २८९८ एडी’को टिजर सार्वजनिक भएको छ । आइतबार सार्वजनिक टिजरमार्फत् अभिनेता अमिताभ बच्चनको पात्रको परिचय गराइएको हो । सिनेमामा उनलाई द्रोणाचार्यका पुत्र अश्वत्थामाको भूमिकामा प्रस्तुत छन् ।

सिनेमामा प्रभास र अमिताभ बच्चनका अलवा दीपिका पादुकोण, कमल हासन र दिशा पाटनीको मुख्य भूमिका रहेको छ । यो प्रभासको करियरकै सबैभन्दा महँगो सिनेमा बताइएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार सिनेमाको बजेट ६०० करोड भारू हो ।

नाग अश्विनले निर्देशन गरेको सिनेमामा अश्विनी दत्तको लगानी रहेको छ । इन्डियन माइथोलोजीको बारेमा सिनेमाको कथा बुनिएको छ । यो सिनेमा यसअघि मे ९ देखि प्रदर्शन हुने तयारीमा थियो । तर भारतमा चलिरहेको लोकसभा निवार्चनका कारण पोस्टपोन्ड भएको छ । अब यो सिनेमा मे अन्तिम अथवा जुनमा रिलिज हुने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।