रजनीकान्त र लोकेशको ‘कुली’ घोषणा (भिडियो)

रजनीकान्त र लोकेशको ‘कुली’ घोषणा (भिडियो)

द सिनेमा टाइम्स
119
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दक्षिण भारतीय सिनेमा अर्न्तगत तमिल सिनेमाका सुपरस्टार रजनीकान्तको १७१ औं सिनेमाको टाइटल घोषणा गरिएको छ । लोकेश कन्नगराजको निर्देशनमा निर्माण हुने सिनेमाको नाम कुली राखिएको छ ।

सिनेमाको टाइटल घोषणा भिडियोमा रजनीकान्तलाई सुन तस्करी गर्न ग्याङसँगको मुडभेडलाई प्रस्तुत गरिएको छ । यो सिनेमा निर्देशक लोकेशले फ्यान ब्वोईको रुपमा रजनीकान्तलाई ट्रिव्युट गर्न लागेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

यो सिनेमा आगामी वर्षको सुरुवातमा हिन्दी, तमिल, तेलुगु, मल्यालम र कन्नडा गरी पाँच भाषामा विश्वभरका सिनेमा घरमा रिलिज हुनेछ ।