वक्सअफिसमा आक्रमक ‘बोक्सीको घर’, दुई दिनमा कमायो २ करोड १५ लाख

वक्सअफिसमा आक्रमक ‘बोक्सीको घर’, दुई दिनमा कमायो २ करोड १५ लाख

द सिनेमा टाइम्स
112
Shares

द सिनेमा टाइम्स, काठमाडौ । बोक्सीको घरले नेपाली वक्सअफिसमा आक्रमक सुरुवात गरेको छ ।

सिनेमाले दुई दिनमा करोड १५ लाख रुपैयाँ कमाएको सिनेमाका वितरक प्रचण्डमान श्रेष्ठले जानकारी दिएका छन् ।

केकी अधिकारी निर्मित सिनेमाले २५० शो पाएकोमा शनिबार १५० शो हाउसफुल भएको बाँकी शो मा ८० प्रतिशत माथिको अकुपन्सी रहेको थियो ।

वितरक श्रेष्ठले सिनेमाको यो व्यापारिक प्रदर्शनलाई बम्पर आश्चर्यजनक भनेका छन् ।

ट्रेलर टिजर रिलिज हुँदा सकारात्मक प्रतिक्रिया बटुलेको यो सिनेमाले  प्रकाश सपुतको संगीतमा तयार भएकोबुझिन मैंलेबोलको प्रचार गीतले ह्वातै बढाउने काम गरेको थियो ।

यस हिसाबले केकीको यो सिनेमाले रिलिजको पहिलो दुई दिनमा नै  नाफामा जाने निश्चित भइसकेको छ।शुक्रबारदेखि नै वक्सअफिसमा आक्रमक हुन सुरु गरेपछि केही मल्टिप्लेक्सले शनिबार सिनेमाको शोहरु समेत भारी मात्रामा थपेका थिए ।

सुलक्षण भारतीको डेब्यू निर्देशनको साथमा लेखनसमेत रहेको यो सिनेमा सोही नामको नाटकमा आधारित छ । नाटकका रुपमा समेतयसले प्रशंसा बटुलेको थियो ।

सिनेमामा केकीका साथमा सुलक्षण भारती, स्वेच्छा राउत, सुपला सापकोटा रमा थपलिया मुख्य भूमिका छ ।