पूर्वी नेपालमा ‘मनसरा’को उत्कृष्ट सुरुवात, दर्शक भेट्न हल पुगे दयाहाङ, मिरुना र प्रवीन

पूर्वी नेपालमा ‘मनसरा’को उत्कृष्ट सुरुवात, दर्शक भेट्न हल पुगे दयाहाङ, मिरुना र प्रवीन

द सिनेमा टाइम्स
5.8k
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बैशाख २१ गते आज शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘मनसरा’ले पूर्वी नेपालमा उत्कृष्ट व्यापार गरेको छ । काठमाडौं र पश्चिम नेपालमा पनि राम्रो व्यापार गरेको सिनेमाले पूर्वी नेपालमा भने दर्शकको उच्च साथ पाएको हो ।

शुक्रबार बिहानी शोबाट पूर्वी नेपालका हलमा दर्शकको चाप उच्च देखिएको छ । बिहीबार विराटनगर प्रिमियरमा पुगको सिनेमाको टिमले विभिन्न हलमा पुगेर दर्शक साक्षात्कार गरेको छ । शुक्रबार दिनभर विराटनगर, इटहरी र धरानका विभिन्न हलमा पुगेको निर्माण टिम शनिबार दमक र बिर्तामोड पुगेर दर्शक साक्षात्कार गरेर काठमाडौं फर्कने छ ।

शुक्रबार धरानको फ्रेन्ड्स सिनेमाज्मा अभिनेता दयाहाङ राई, प्रवीन खतिवडा, अभिनेत्री मिरुना मगर र निर्देशक उपेन्द्र सुब्बा पुग्दा हलमा दर्शक भरिभराउ थिए । धरानको हलमा कलाकारलाई देखेपछि उनी सेल्फी खिच्ने दर्शकको भिड लागेको थियो । साथै, दर्शकले सिनेमा उत्कृष्ट बनेको भन्दै मनसरा टिमको प्रशंसा समेत गरेका थिए ।

सिनेमामा दयाहाङ राई, मिरुना मगर, प्रविण खतिवडा, मेनुका प्रधानका अलावा हेमन्त बुढाथोकी शान्ति गिरी, नेनहान राईको अभिनय रहेको छ । निर्देशक उपेन्द्र सुब्बाकै लेखन रहेको सिनेमाका निर्माता छायाँकार शैलेन्द्र ध्वज कार्की हुन् ।

सिनेमामा विष्ण कुमार लिम्बु, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह-निर्माता हुन् । निमेश श्रेष्ठको सम्पादन, अर्जुन कार्कीको रंग संयोजनको साथमा श्रवल राज पाण्डेको साउण्ड डिजाइन रहेको छ भने मानाहाङ लावती, मनिक शंखर र सुभम चाम्लिङ राईको संयूक्त कला निर्देशन सिनेमामा रहेकोछ ।

त्यसैगरी सिजन दाहाल कार्यकारी निर्माता रहेको सिनेमामा किरण चाम्लिङ राई मुख्य सहायक निर्देशकका रुपमा रहेकाछन् । बैशाखको २१ गतेबाट रिलिजमा आउन लागेको यो सिनेमालाई एप्पल इन्टरटेन्मेन्ट कम्पनीले वितरण गर्नेछ । क्यूएफएक्स थिएटर पार्टनर रहेको छ भने जी टु वान डिजिटल पार्टनर हो ।