पूर्वको व्यापार पश्चिम सर्‍यो, देशभर चम्कियो ‘मनसरा’

पूर्वको व्यापार पश्चिम सर्‍यो, देशभर चम्कियो ‘मनसरा’

द सिनेमा टाइम्स
3k
Shares

द सिनेमा टाइम्स, काठमाडौं। शुक्रबार रिलिज भएको सिनेमाले हिजो पूर्वका हलहरुमा गरेको उत्कृष्ट सुरुवात पश्चिमका हलहरुमा देखि थालेको छ ।

रिलिजको दोश्रो दिन आज शनिबार अधिकाशं शोमा उत्कृष्ट सुरुवात गरेको छ । हिजो पूर्वका हलहरुमा उच्च लयमा देखिएको सिनेमा आजबाट पश्चिमका हलहरुमा पनि उच्च सुरुवात गर्न सफल भएको छ ।

हलहरुको बुकिङ शैली हेर्दा यस्तो देखिएको हो।सिनेमाले आज करोड माथिको व्यापार गर्ने अनुमान गरिएको छ । अधिकाशं दिवा शोहरुमा शतप्रतिशत अकुपेन्सी देखिएको छ ।

शुक्रबार दिनभर विराटनगर, इटहरी र धरानका विभिन्न हलमा पुगेको निर्माण टिम शनिबार दमक र बिर्तामोड पुगेर दर्शक साक्षात्कार गरेर काठमाडौं फर्किसकेको छ । आज उनीहरु काठमाडौंका हलहरुमा दर्शकसँग प्रत्यक्ष साक्षात्कार गरिरहेका छन् ।

शुक्रबार धरानको फ्रेन्ड्स सिनेमाज्मा अभिनेता दयाहाङ राई, प्रवीन खतिवडा, अभिनेत्री मिरुना मगर र निर्देशक उपेन्द्र सुब्बा पुग्दा हलमा दर्शक भरिभराउ थिए । धरानको हलमा कलाकारलाई देखेपछि उनी सेल्फी खिच्ने दर्शकको भिड लागेको थियो । साथै, दर्शकले सिनेमा उत्कृष्ट बनेको भन्दै मनसरा टिमको प्रशंसा समेत गरेका थिए ।

पूर्वका हलहरुमा आज पनि ‘मनसरा’ आक्रमक रहेको छ । सिनेमाले समीक्षकीय रुपमा पनि प्रशंसा बटुलिरहेको सिनेमालाई निर्माणपक्षले सिनेमाको व्यापारलाई सुखद् भनेको छ ।