‘टाइम लुप’को कथा ‘फर्की फर्की’ले दर्शकलाई पूर्ण मनोरञ्जन दिन्छ : सुयोग गुरुङ

‘टाइम लुप’को कथा ‘फर्की फर्की’ले दर्शकलाई पूर्ण मनोरञ्जन दिन्छ : सुयोग गुरुङ

सिनेमाको ट्रेलरले जुन किसिमको हाइप लिएको छ, त्यो नयाँ देखेर हो । यो सिनेमामा लभस्टोरी मात्र नभएर, एउटा बलियो सन्देश छ । सिनेमाभित्र सरप्राइज प्याकेज प्रशस्त छन् ।

द सिनेमा टाइम्स
189
Shares

द सिनेमा टाइम्स, काठमाडौं । सुयोग गुरुङ निर्देशित दोस्रो सिनेमा ‘फर्की फर्की’ जेष्ठ १० गतेबाट नेपालसहित विदेशमा समेत रिलिज हुँदैछ । उनले ‘सानो मन’बाट सिनेमा निर्देशनमा डेव्यु गरेका थिए । अहिले उनी दोस्रो सिनेमा ‘फर्की फर्की’को प्रचारमा व्यस्त छन् । यो सिनेमामा अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङले मुख्य भुमिकामा अभिनय गरेका छन् ।

सिनेमाको सार्वजनिक प्रचार सामाग्रीले दर्शकमाझ राम्रो हाइप निर्माण गरेको छ । निर्देशक गुरुङ सिनेमा राम्रो बनाउन इमान्दारिताको जरुरी हुने बताउँछन् । पछिल्लो समय नेपालमा सामाजिक कथाका सिनेमा निर्माण धेरै भैरहँदा निर्देशक गुरुङले काल्पनिक कथावस्तु रोजेका हुन् । सिनेमाको कथा के भनियो भन्दापनि केन्द्रमा मनोरञ्जन हुनुपर्छ ।

त्यसका साथै सिनेमाको कथा कसरी विश्वसनीय ढंगले दर्शकमाझ प्रस्तुत गर्ने भन्ने कुरा महत्वपूर्ण हुने बुझाई उनको छ । सिनेमा भनेको मनोरञ्जन हो । आफ्नो सिनेमामा मास इन्टरटेनमेन्ट रहेकाले मेरो उद्देश्य भनेकै दर्शकलाई मनोरञ्जन दिनु हो । दर्शकले मनोरञ्जन लिनुहुन्छ । म सिनेमा मार्फत दर्शकलाई मनोरञ्जन दिन चाहन्छु ।

मेरो सिनेमा ‘टाइम लुप’मा आधारित छ । ‘फर्की फर्की’लाई म एउटा रोमान्टिक-कमेडी सिनेमाको रुपमा लिन्छु । हामीले मित्रता, आमा-बाबुसँगको सम्बन्धलाई समेटेर रमाइलो सिनेमा निर्माण गरेका छौं । सिनेमाको मुख्य कथावस्तु भनेको नै प्रेम हो । सिनेमाको मुख्य द्वन्द्वको रुपमा ‘टाइम लुप’लाई देखाएका छौं ।

‘फर्की फर्की’को कथा लेख्नुअघि मैले अन्य २/३ वटा कथामा काम गरिरहेको थिएँ । किनभने ‘सानो मन’ रिलिज पश्चात कस्तो सिनेमा निर्देशन तथा निर्माण गर्ने भन्ने अन्योलमा थिएँ । अहिलेको विश्वमा ‘टाइम लुप’को कथा एकदमै चर्चित छ । नेपालमा यस्तो खालको सिनेमा किन बनाउन सकिंदैन भन्ने कुरा मेरो दिमागमा चलिरहेको थियो ।

त्यसैले मलाई नेपालमा पनि यस्तो कथा भन्न पर्छ, भन्ने लागेर यो सिनेमा निर्देशन गर्ने चुनौती लिएको हुँ । मेरो कथालाई विश्वास गरेर सिनेमा निर्माण गर्न रोहित अधिकारी दाई तयार भैदिनु भयो । त्यसको लागि उहाँप्रति आभारी छु । म यसलाई ‘टाइम ट्राभल’भन्दा पनि ‘टाइम लुप’ भन्छु । केही भागमा समय अनि यात्राको कथा आउँछ तर मुख्य कथा भनेको ‘टाइम लुप’ नै हो ।

निर्देशक गुरुङलाई त्यो सिनेमामा काम गर्न मन लाग्छ, जुन उनी आफैं हेर्न चाहन्छन् । त्यो खालको सिनेमा दर्शकले पनि मन पराउन भन्ने आशा हुन्छ । नेपालमा यो खालको सिनेमा चल्छ, त्यो खालको सिनेमा चल्दैन भन्ने कुरा नै गलत हो । सिनेमा निर्माण भएर दर्शकले नहेरेसम्म कसैले केही भन्न सक्दैन । कसैले रिलिजअघि नै यस्तो भन्छ भने त्यो उसको भ्रम मात्र हो । किनभने सिनेमा भनेको मनोरञ्जनको क्षेत्र हो । जुन खालको जनरामा हामीले सिनेमा बनाएका छौं, त्यो खालको जनरामा सायदै सिनेमा निर्माण भएका छन् ।

हाम्रो सिनेमाको ट्रेलरले जुन किसिमको हाइप लिएको छ, त्यो नयाँ देखेर हो । यो सिनेमामा लभस्टोरी मात्र नभएर, एउटा बलियो सन्देश छ । सिनेमाभित्र सरप्राइज प्याकेज प्रशस्त छन् । अहिले त हामीले केही प्रतिशत मात्रै दर्शकलाई हलसम्म तान्न सार्वजनिक गरेका हौं । धेरै कुरा त सिनेमाको हेरेपछि मात्रै थाहा हुन्छ ।

अनियो सिनेमामा अनमोल र जसिताका अलवा कृष्ण मल्ल, निर्मल शर्मा, रवि काफ्ले, समृद्धि अर्याल लगायतको पनि अभिनय रहेको छ । सिनेमामा अभिनेता सलोन बस्नेत बिशेष भुमिकामा देखिएका छन् ।

रोहित अधिकारी फिल्मस्को प्रस्तुतिमा निर्माण भएको हो ।

यो सिनेमामा नरेन्द्र मैनालीको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन, रोमन बज्रचार्य र नरेन लिम्बूको संगीत तथा अष्ट महर्जनको द्वन्द्व निर्देशन र शंकर पाण्डेले प्रोडक्सन म्यानेजरको रुपमा काम गरेका छन् । सिनेमालाई गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने प्रोडक्सनले वितरण गर्दैछन् ।