‘फर्की फर्की’को आक्रमक सुरुवात, दर्शकबाट पायो उत्कृष्ट प्रतिक्रिया

‘फर्की फर्की’को आक्रमक सुरुवात, दर्शकबाट पायो उत्कृष्ट प्रतिक्रिया

द सिनेमा टाइम्स
1k
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अनमोल केसी र जसिता गुरुङको मुख्य भुमिका रहेको सिनेमा ‘फर्की फर्की’ले बक्सअफिसमा आक्रमक सुरुवात गरेको छ । आज बिहिबार परेको बुद्ध जयन्तीको फाइदा ‘फर्की फर्की’ले उठाएको हो । सिनेमाका वितरक गोविन्द शाहीले बिहीबार बिहानबाटै हलमा दर्शकको चाप देखिएको बताए ।

उनका अनुसार मध्यान्हपछि भने सिनेमा हेर्ने दर्शकको चाप हलमा उच्च देखिएको थियो । बेलुकीदेखि रातीसम्मका शोजहरुमा समेत बूकिङ अक्रामक देखिएको छ । जसले सिनेमाको ओपनिङ आक्रामक भएको दाबी वितरक शाहीको छ ।

सिनेमाले आक्रामक व्यापारको सुरुवात गरेपछि अभिनेता अनमोल केसी पनि खुशी देखिएका छन् । अनमोल आज बिहानैदेखि विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरिरहेका छन् । हल भिजिटपछि मिडियासँग कुरा गर्दै उनले दर्शकको साथले आफू निकै खुशी भएको र आगामी दिनमा अझै राम्रो काम गर्ने दबाब बढेको महसुस भएको बताए ।

अभिनेत्री जसिता गुरुङले पनि सिनेमालाई लिएर दर्शकले देखाउनु भएको मायाले आफू भावुक भएको बताइन् । डेव्यु अभिनेता रवि काफ्लेलाई पनि दर्शकले निकै रुचाएका छन् । रवि र समृद्धिले पनि पहिलो सिनेमाबाट नै राम्रो प्रतिक्रिया पाएको बताए । रोहित अधिकारीको निर्माण तथा सुयोग गुरुङको लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमाले दर्शकबाट बलियो वर्ड अफ माउथ समेत पाएको छ ।

सिनेमाको कथावस्तु, मेकिङ, संवाद र अभिनयलाई दर्शकले रुचाएका छन् । सिनेमाले भोली शुक्रबार र पर्सी शनिबार पनि आक्रामक व्यापारलाई निरन्तरता दिने विश्वास निर्माण टिमको छ । दर्शकबाट मिलेको राम्रो प्रतिक्रियाले आफुहरुलाई आगामी दिनमा अक्रामक व्यापार गर्ने विश्वास दिलाएको निर्माता अधिकारीले बताए ।