केकी र नरेशको ‘धर्ती र जुनको कहानी’

केकी र नरेशको ‘धर्ती र जुनको कहानी’

द सिनेमा टाइम्स
182
Shares

द सिनेमा टाइम्स, काठमाडौं – मोडल तथा गायक नरेश रेग्मीले नयाँ गीत ‘धर्ती र जुनको कहानी’ बजारमा ल्याएका छन् । शुक्रबार यो गीतको म्युजिक भिडियो पनि रिलिज गरिएको छ ।

गीतमा नरेश आफैले अभिनय समेत गरेका छन् । उनलाई अभिनेत्री केकी अधिकारीले साथ दिएकी छन् । नरेश र अन्जु पन्तले स्वर दिएको गीतमा एसडी योगीको संगीत तथा प्रबल बिष्टको शब्द रचना रहेको छ ।

निकेश खड्काले निर्देशन गरेको म्युजिक भिडियोमा समरा जोशीको मेकअप, बिकास धमलाको कलर तथा सम्पादन, हरि हुँमागाईको छायांकन अनि सुदिप ढकालको प्रोडक्सन डिजाइन रहेको छ ।