शनिबार पनि देशैभर आक्रामक ‘फर्की फर्की’, हलमा देखियो अनमोलको स्टारडम

शनिबार पनि देशैभर आक्रामक ‘फर्की फर्की’, हलमा देखियो अनमोलको स्टारडम

द सिनेमा टाइम्स
1.1k
Shares

द सिनेमा टाइम्स, काठमाडौं – गत बिहीबार बुद्ध जयन्तीको अवसर पारेर प्रदर्शनमा आएको सिनेमा ‘फर्की फर्की’ले आक्रामक व्यापारको सुरुवात गरेको थियो । हिजो शुक्रबार पनि राम्रो व्यापार गरेको सिनेमाको आज शनिबारको व्यापार झनै आक्रामक छ ।

सिनेमाको निर्माण बिहानी शोबाटै दर्शक साक्षात्कार गर्न कलाकार सहित विभिन्न हलमा पुगिरहेको छ । वितरक गोविन्द शाहीले शनिबार बिहानी शोबाट देशभरका सिनेमा हलमा ‘फर्की फर्कीले’ हाउसफूल व्यापार गरेको बताउँछन् । हामीले पनि विभिन्न हलमा अनलाइन वेवसाइट खोलेर हेर्दा टिकट बुकिङ आक्रामक देखिएको थियो ।

सिनेमाका मुख्य अभिनेता दर्शकको यति धेरै मायाले आफुलाई आगामी दिनमा अझै उत्कृष्ट सिनेमामा का मगर्न चुनौती थपिएको बताए । साथै दर्शकको साथ र सहयोगप्रति आफु आभारी रहेको भन्दै धन्यवाद ज्ञापन गरे । अभिनेत्री जसिता गुरुङले पनि दर्शकको साथले उत्साहीत रहेको बताइन् । यो सिनेमाबाट अनमोल र जसिताको अभिनयको पनि चर्चा भैरहेको छ ।

लामो समयदेखि अनमोलको अभिनयमा खोट देखाउनेहरु पनि यो सिनेमामा अनमोलको अभिनयको तारिफ गरिरहेको प्राप्त दर्शक प्रतिक्रियाबाट बुझ्न सकिन्छ । नेपालमा पनि टाइम लुप जस्तो नयाँ कथामा लगानी गर्न यो सिनेमाले अन्य निर्माता निर्देशकलाई प्रोहत्सान गरेको धेरै सिनेमाकर्मीको छ । विशेषगरी निर्देशक सुयोग गुरुङको निर्देशकिय पक्षको तारिफ पनि भैरहेको छ ।

रोहित अधिकारीको निर्माण तथा सुयोग गुरुङको लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमाले दर्शकबाट बलियो वर्ड अफ माउथ समेत पाएको छ ।