शनिबार आक्रामक ‘पुजार सार्की’

शनिबार आक्रामक ‘पुजार सार्की’

द सिनेमा टाइम्स
378
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बिहीबार बुद्ध जयन्तीको दिनदेखि प्रदर्शनमा आएको सिनेमा ‘पुजार सार्की’ले पहिलो दिनको ओपनिङ सुखद् देखिएको थियो । तेस्रो दिन शनिवार सिनेमाको व्यापारमा आक्रामक देखिएको छ ।

शनिवार बिहानै देखि देशभरका सबै हलमा हाउसफुल व्यापार देखिएको छ । दोस्रो शो हरूमा पनि उल्लेखनीय व्यापार देखिएको छ भने मध्यान्हदेखिका प्रायः शो हाउसफुल भैरहेको वितरक रोहित कट्टेलले बताए । शनिवार दिनभर ‘पुजार सार्की’का कलाकारहरू हल भिजिटमा हिँडिरहेका छन् । आर्यन, पदीप र पलको क्रेज देखिएको छ ।

विकास सुवेदीले लेखेको यो सिनेमाका निर्माता सुवास भुसाल हुन् । सिनेमामा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली, परीक्षा लिम्बु लगायतको प्रमुख अभिनय रहेको छ । सिनेमाले जातीय विभेदको विषयमा ठुलो प्रश्न खडा गरेको छ।

सिनेमालाई देशभरका दर्शकले मन पराइरहेका छन् । ओभरसिजमा पनि ‘पुजार सार्की’ले राम्रो व्यापार सहित उत्कृष्ट प्रतिक्रिया पाइरहेको वितरक कम्पनि सेभेन सिज इन्टरटेनमेन्टले बताएको छ ।