‘लण्डन टु पेरिस’ दर्शकले मन पराउनेमा कलाकार र निर्देशक ढुक्क, कसको के धारणा ?

‘लण्डन टु पेरिस’ दर्शकले मन पराउनेमा कलाकार र निर्देशक ढुक्क, कसको के धारणा ?

आफूलाई लभस्टोरी जानराबाटै अफर आउने र त्यसभित्रैबाट छानेर सिनेमा गर्ने गरेको उनले बताइन् । तर आफूलाइ अरु जानराका सिनेमामा फरक फरक क्यारेक्टर पनि गर्ने रहर रहेको उनको भनाइ छ ।

दिनेश सिटौला
343
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सिनेमा ‘लण्डन टु पेरिस’का कलाकार तथा निर्देशकले दर्शकले चलचित्र मन पराउनेमा आफूहरू ढुक्क रहेको बताएका छन् । सिनेमा हरेक व्यक्तिको जिन्दगीसँग नजिक रहेकाले दर्शकले मन पराउनेमा उनीहरूको विश्वास छ ।

लभस्टोरी भए पनि काल्पनिकभन्दा पनि हरेक व्यक्तिले भाग्ने र भोगिरहेका घटनाबाट धेरै पर सिनेमा नरहेका कारण धेरैको रोजाइमा पर्ने निदेशक घनश्यमाम लामिछानेले बताएका छन् ।

निर्देशक घनश्याम लामिछाने नेपाल बाहिर भए पनि चलचित्र सहजै खिचिएको बताउँछने । भिजुअल न्यारेसन गर्नसक्ने निर्देशकले जुनसुकै जानराको सिनेमालाई न्याय गर्नसक्ने उनको भनाइ छ । ‘स्किल छ भने जुनसुकै लोकसन र विषयको सिनेमा पनि राम्रो बनाउनसकिन्छ,’ उनले भने ।

सिनेमा बारे उनी भन्छन्, ‘हाम्रो सिनेमामा ६ जना कलाकार छन् । उनीहरु एकआपसमा मजाले कनेक्सन हुन्छन् । कथा राम्रो भएकाले पनि थप सहज भएको छ । कथालाई न्याय दिनेगरी भिजुअल तयार भएको छ ।’ त्यसैले दर्शकको मन जित्नेमा आफू ढुक्क रहेको उनी बताउँछन् । ‘ब्यापार कति गर्छ मलाई थाहा छैन । तर दर्शकले सिनेमा रुचाउनेमा म ढुक्क छु,’ उनले भने ।

सिनेमा ‘लण्डन टु पेरिस’का लेखक प्रदीप भारद्धाज आफूले मनले खाएको युथको लभस्टोरी सिनेमा पहिलोपटक लेखेको बताउँछन् । ‘युथसेन्ट्रिक सिनेमा लेख्नु पर्यो भनेर आफैँले स्वतस्फूर्त रूपमा लेखेको हुँ । कुनै निर्माताले यस्तो स्टोरी चाहियो भनेर लेखेको होइन । स्टोरी सुनेपछि प्रोडुसरले स्क्रिप्ट लिनुभएको हो,’ प्रदीपले भने, ‘यो स्क्रिप्ट सुनेपछि घनश्यामजीले अरुलाई दिन मान्नु भएन । तर उहाँले यो स्क्रिप्ट म खिच्छु भन्दा हामीसँग कोही प्रोडुसर थिएन । यो मैले लेख्न चाहेजस्तो सिनेमा हो ।’

लभस्टोरी भए पनि धेरै काल्पनिक नभएको उनको दाबी छ । लार्जरदेन लाइफ भएपनि सत्यताको नजिक अथवा यतिसम्म त हुन्छ भन्ने रहेको उनको भनाइ छ । विभिन्न सीमितताकाबीच स्क्रिप्ट अनुसार सिनेमा नबन्ने समस्या नेपालमा रहेको उनको भनाइ छ । तर ‘लण्डन टु पेरिस’को हकमा यो लागु नहुने उनको जिकिर छ ।

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले ‘लण्डन टु पेरिस’ आफ्ना लागि कमब्याक नभएको तर राम्रो हुने र दर्शकले मन पराइदिनेमा आफ्नो विश्वास रहेको बताएकी छन् ।

‘निर्देशकले तपाईंजस्तै सिनेमाको क्यारेक्टर छ भनेर भन्नुभएको थियो । अहिलेको युवा पुस्ता जसरी धेरै रिलेसनमा बस्छ, इगो लिएर बस्छ, धेरै सोच्छ त्यस्तै क्यारेक्टर छ मेरो,’ साम्राज्ञी भन्छिन्, ‘अलि अलि मेरै जीवन कथासँग पनि मिल्छ होला । तर सबै होइन ।’

आफूलाई लभस्टोरी जानराबाटै अफर आउने र त्यसभित्रैबाट छानेर सिनेमा गर्ने गरेको उनले बताइन् । तर आफूलाइ अरु जानराका सिनेमामा फरक फरक क्यारेक्टर पनि गर्ने रहर रहेको उनको भनाइ छ ।

अभिनेता कबिर खड्का नेपाल बाहिर छायांकन भएकाले केही सुरुमा केही असहज भएपनि आफूले सकेको मिहिनेत गरेको बताउँछन् । आफू पहिलोपटक यही सिनेमाका लागि विदेश गएको भन्दै केही चुनौतीको भने सामना गर्नुपरेको उनको भनाइ छ । ‘सिनेमाको छायांकन सुरु भएको धेरै वर्षपछि रिलिज हुन लागेछ । तर पनि कथा पुरानो भने भएको छैन । त्यसैले दर्शकको मन सिनेमाले जित्छ,’ उनले भने ।

लवजलगायत केही कुरा आफ्ना लागि चुनौती रहेको तर त्यसमा पनि आफूले काम गरेको उनको भनाइ छ । ‘बाहिर बसेको युवाको लवजमा काम गर्नुपर्ने थियो । त्यो मेरा लागि चुनौती थियो,’ उनले स्मरण गरे ।

अभिनेता निश्चल खड्काले दुई वर्षपछि सिनेमा रिलिज हुन लागेको भन्दै ठूलो अपेक्षा रहेको बताए । ‘मलाई राम्रो काम भएजस्तो लागेको छ । कामअनुसारको प्रतिक्रिया आउँछ भन्ने अपेक्षा छ,’ निश्चलले भने ।

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहबाट आफूले सेटमा धेरै कुरा सिकेको बताएका उनले उनको सहयोगी भावनाबाट आफूलाई काम गर्न सहज भएको स्मरण गरे ।

डेव्यु अभिनेत्री गरिमा शर्माले ‘लण्डन टु पेरिस’ आफ्ना लागि डेब्यु मुभी भएकाले आफूले फरक अनुभव गरेको बताइन् । ‘गीतमा काम गर्दा अरुको आवाजमा लिप्सिङ मात्रै गर्दै आएकोमा यहाँ इमोसन होल्ड गरेर अभिनय गर्नुथियो,’ उनले भनिन्, ‘यो पहिलोपटक भएकाले पनि मलाई केही कठिन थियो । तर सबैको सहयोगले गरेँ ।’

यो सिनेमाले आफूलाई धेरै अगाडिसम्म पुर्याउने उनको विश्वास छ ।

पेरिसहको सिन किन नखिएको भन्ने सन्दर्भमा निर्माताले आजकाल सेटमा सिनेमा खिच्ने चलन रहेको बताए । पेरिसको सिन मुम्बइमा खिचिएको थियो । ‘रिलिज गर्ने हतार पनि थियो । जति स्टोरी राख्यो त्यति पुरानो हुने डरले पनि पेरिसमा खिचिएन’ यसका निर्माताले भनेका छन्, ‘पेरिसमा ट्राइ गरेको पनि हो । तर भिसामा पनि समस्या भयो । त्यही भएर मुम्बइमा गएर खिच्यो भने सजिलो हुन्छ भनेर त्यहीँ खिचियो ।’

यो सिनेमाले ट्राभल लभस्टोरीको कथा पेस गर्छ । सिनेमाको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन् । सिनेमामा साम्राज्ञी, निश्चल, गरिमा र कविरसँगै रुष्मा थापा, मनिश श्रेष्ठ तथा मनिष गान्धीको प्रमुख अभिनय रहेको छ । निश्चल र गरिमाले यही सिनेमाबाट डेब्यू गरेका हुन् ।

एबी इन्टरनेश्नलको प्रस्तुति रहेको सिनेमामा गौतम प्रोडक्सन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्य रहेको छ । अमित बस्नेतले निर्माण गरेको सिनेमामा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताका रुपमा रहेका छन् । सनिश खकुरेल र अजित केआर थापा सिनेमाको सह-निर्माता हुन् भने अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी यसका कार्यकारी निर्माता हुन् । सिनेमा जेठ २५ गतेबाट रिलिज हुँदैछ ।

सिनेमामा अभेद परवको डिओपी, हर्कुलश बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरको संगीत, सजु चन्द्रनको सम्पादन, सुजिल कर्माचार्यको पाश्र्व संगीत, लंगनेस फर्नान्डेजको कोरियोग्राफी, साहिल खानको ट्रेलर, विजय वस्यालको पोस्टर डिजाइन, मुख्य सहायक निर्देशकमा फिरोज खड्का रहेका छन् । रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले सिनेमालाई नेपालभर वितरण गर्नेछन् ।