‘ज्वाइँ साब’को बक्सअफिस कलेक्सन ३ करोड २५ लाख ग्रस

‘ज्वाइँ साब’को बक्सअफिस कलेक्सन ३ करोड २५ लाख ग्रस

द सिनेमा टाइम्स
539
Shares

द सिनेमा टाइम्स, काठमाडौं । दशैंको फूलपातीको दिन गत असोज २४ गतेबाट रिलिज भएको सिनेमा ‘ज्वाइँ साब’ दर्शकको राम्रो प्रतिक्रिया र अकुपेन्सी सहित दोस्रो सातामा प्रदर्शनरत छ । निर्माण पक्षले आइतबार दोस्रो हप्ताको शनिबारसम्म सिनेमाको कलेक्सन रिपोर्ट सार्वजनिक गरेको हो ।

वितरकका अनुसार सिनेमाले दोस्रो सातासम्म आइपुग्दा ३ करोड २५ लाख ग्रस कलेक्सन गरेको छ । यो कलेक्सन काठमाडौं उपत्यका र उपत्यका बाहिरको संयुक्त हो । सिनेमालाई काठमाडौं उपत्यकामा रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गरेको छ ।

राजकुमार पण्डित प्रस्तुतकर्ता र वसन्त निरौला निर्देशक रहेको सिनेमामा जितु नेपाल, नीती शाह, बुद्धि तामाङ, रमेश बुढाथोकी, शिशिर वाङ्देल, प्रकाश घिमिरे, निमा पाण्डे, हिमेश पन्त, शिवहरी वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे, इशान राउत लगायतका कलाकारहरुको अभिनय छ ।

रेड आइ फिल्मसको व्यानरमा निर्मित र समिर पण्डित, सौगात पण्डित र पदमलाल तामाङको लगानी रहेको सिनेमामा विजय बस्याल कार्यकारी निर्माता, शंकर धितालको लेखन, सबिन अधिकारीको कथा, श्याम तामाङको छायांकन, संजय थापाको एक्सन, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत छ ।