द सिनेमा टाइम्स, काठमाडौं । बहुप्रतिक्षित दक्षिण भारतीय सिनेमा ‘पुष्पा २ : द रुल’को प्रदर्शन मिति हेरफेर गरिएको छ । यसअघि ६ डिसेम्बरमा रिलिज हुने तयारीमा रहेको सिनेमा अब एक दिन अगाडी अर्थात् ५ डिसेम्बरमा रिलिज हुने भएको हो ।
डिसेम्बर ५ बिहीबार दक्षिण भारतमा सार्वजनिक विदा भएकाले सोही विदाको फाइदा लिने उद्देश्यले एक दिन अगाडी नै सिनेमा रिलिज गर्न लागिएको निर्माण कम्पनिले वितरक र निर्माताको पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिएको हो । नयाँ रिलिज मिति सहित पोस्टर समेत सार्वजनिक गरिएको छ ।
बिहीबार सार्वजनिक पोस्टरमा सिनेमाका मुख्य अभिनेता अल्लु अर्जुनलाई मात्रै फिचर्ड छन् । पोस्टरमा उनी शिगार तान्दै पेस्तोल हेरिरहेको अवस्थामा चित्रित छन् । यससँगै यो सिनेमाको नेपाल वितरण पनि कन्र्फम भएको जानकारी सार्वजनिक भएको छ । सिनेमालाई नेपालमा ए-एट्, डिसिएन र आरआर फिल्मस्ले वितरण गर्नेछन् ।
मैत्री मुभि मेकरको व्यानरमा निर्माण भएको सिनेमालाई सुकुमारनले निर्देशन गरेका हुन् । सिनेमा अल्लु अर्जुनसँगै रश्मिका मन्दना, फहाद फासिल, सुनिल, जगदीश प्रताप भण्डारी, अनुसुया भारद्धाज, राव रमेश, अजय घोष, जगपथी बाबु, प्रकाश राज, धनन्जय लगायतका कलाकरको अभिनय रहेको छ ।



प्रतिक्रिया