नोभेम्बर २ बाट अमेरिकाको १६ बढि शहरमा रिलिज हुँदै ‘१२ गाउँ’

नोभेम्बर २ बाट अमेरिकाको १६ बढि शहरमा रिलिज हुँदै ‘१२ गाउँ’

द सिनेमा टाइम्स
511
Shares

द सिनेमा टाइम्स, काठमाडौं । नेपालमा आक्रामक व्यापार गरिरहेको सिनेमा ‘१२ गाउँ’ अब अमेरिका प्रदर्शन हुने भएको छ । आगामी शनिबार अर्थात् नोभेम्बर २ तारिखबाट सिनेमा अमेरिकाको १६ बढि शहरमा एक साथ तिहारको अवसरमा रिलिज हुन लागेको हो ।

एक्सन स्टार विराज भट्टको निर्माण तथा निर्देशक रहेको सिनेमा ‘१२ गाउँ’ अहिले अमेरिका बाहेकका देशहरुमा भव्य सफलताका साथ प्रदर्शन भैरहेको छ । अभिनेता समेत रहेका भट्ट सिनेमाको अमेरिका प्रदर्शनलाई लिएर उत्साहित छन् । नेपाल र अन्य देशमा सिनेमाले दर्शकको राम्रो साथ पाएकाले अमेरिकामा पनि त्यस्तै साथ पाउने विश्वास व्यक्त गरेका छन् ।

सिनेमालाई अमेरिकामा इ-पिक इन्टरटेनमेन्ट र एभरेष्ट इन्टरटेनमेन्ट युएसएले अन्य केही साथीहरुसँग मिलेर सिनेमाको अमेरिका प्रदर्शन गर्न लागेका हुन् । सिनेमाका अमेरिका वितरक अभिजित राई र रमेश भट्टले सिनेमा अमेरिकाका विभिन्न शहरमा बक्सअफिसमा नै रिलिज हुन लागेको जानकारी दिए ।

यो सिनेमाबाट समीर भट्टसँगै दुई अभिनेत्री पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले पनि डेव्यु गरेका छन् । सिनेमामा विराज, समीर, न्यान्सी र सनिशासँगै मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंग शाही, भिष्म जोशी, शुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय रहनेछ ।

विराज भट्ट फिल्म पोडक्सन प्रस्तुतीमा निर्माण भएको सिनेमामा अर्जुन पोखरेल र निरजको संगीत, रामजी लामिछाने, सुनिल क्षेत्री र कविराज गहतराजको कोरियोग्राफी तथा प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन रहनेछ । सिनेमामा विराज स्वंयमको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन रहेको छ ।

एक्सन-थ्रिलर कथामा बन्न लागेको सिनेमाका लागि विराजले भारतबाट द्वन्द्व निर्देशक ल्याएका छन् । तमिल तथा कन्नड सिनेमाका द्वन्द्व निर्देशक स्टन्ट सिल्भालाई नेपाली सिनेमा सफल द्वन्द्व निर्देशनमा शंकर महर्जनले सघाएका छन् । महेश पौडेल छायांकन रहेको सिनेमाको काठमाडौं, ललितपुर, विरगञ्ज र हेटौंडामा छायांकन गरिएको छ । सिनेमाको वितरण काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले गर्नेछ ।