‘ह्रस्व दीर्घ’का सवल पक्ष, जसले लोभ्याउन सक्छ दर्शक

‘ह्रस्व दीर्घ’का सवल पक्ष, जसले लोभ्याउन सक्छ दर्शक

‘नेपाली सिनेमाको स्तर उकास्नका लागि सेट, सिनेमेटोग्राफी लगायतमा कतै पनि कम्प्रमाइज गरेका छैनौँ,’ नीता भन्छिन्, ‘सुरुमा अहिले बनेजस्तो थिएन । तर जब हामी अगाडि बढ्दै गयौँ, नेपाली सिनेमाको स्तर उकास्न र विदेशमा पुर्याउने स्तरको काम नगर्ने भन्दै काम गर्यौं ।’

द सिनेमा टाइम्स
385
Shares

द सिनेमा टाइम्स, काठमाडौं । सिनेमा ‘ह्रस्व दीर्घ’ भोली कात्तिक ३० गतेबाट रिलिज हुँदै छ । सिनेमाले मल्टिप्लेक्समा राम्रो शो पाएको छ ।

नेपाल र साउथ इन्डियन स्टार कलाकारको अभिनय रहेको सिनेमा प्रतिक्षित सिनेमामध्येको एक हो । नेपाल र साउथका स्टार कलाकारले नै दर्शकको ध्यान खिचिको सिनेमाको ट्रलेर आएपछि यसको हाइप थप बढेको छ ।

एक्सन र प्रेमले भरिएको ट्रेलरले सिनेमालाई प्रतिक्षित बनाएको हो । कलाकारको स्टारडम र हेवी प्रोडक्सनले सिनेमाप्रति दर्शकमा उत्सुकता बढाएको छ । बलिउडस्तरको एक्सन र ल्याबिस प्रोडक्सन यो सिनेमाको सवल पक्ष हो । यसले पनि दर्शकमा उत्सुकता जगाएको छ ।

एक्सन, प्रेम, द्वन्द्व, रोमान्स, गीत, त्रास, कमेडी र सस्पेन्स ट्रेलरमा देखिएकाले सिनेमा दर्शकमा कौतुहलता सिर्जना गर्न सफल भएको हो । यो सिनेमा नेपाली, तेलुगु र हिन्दी गरी तीन भाषामा रिलिज हुँदैछ । नेपालीबाहेक अन्य भाषामा रिलिज गर्नु भनेको सिनेमामा देखिएको निर्माताको कन्फिडेन्स हो । सिनेमा राम्रो भएकाले नै अन्य भाषामा डविङ गर्ने आँट गर्छ ।

यसबाहेक साउथका सुपरस्टारलाई खेलाएपछि सिनेमा निर्माणमा कम्प्रमाइज गर्ने छुट निर्माणपक्षलाई थिएन । त्यसैले पनि यो सिनेमा राम्रो बनेको हुनसक्ने धेरैको विश्वास छ । बिग बजेटमा सिनेमा निर्माण भएकाले मेकिङ रिच छ । जुन ट्रेलर यसको पहिलो गीतले पनि पुष्टि गरिसकेको छ ।

‘नेपाली सिनेमाको स्तर उकास्नका लागि सेट, सिनेमेटोग्राफी लगायतमा कतै पनि कम्प्रमाइज गरेका छैनौँ,’ नीता भन्छिन्, ‘सुरुमा अहिले बनेजस्तो थिएन । तर जब हामी अगाडि बढ्दै गयौँ, नेपाली सिनेमाको स्तर उकास्न र विदेशमा पुर्याउने स्तरको काम नगर्ने भन्दै काम गर्यौं ।’

सुरुमा ५०/६० लाखमा सिनेमा निर्माण गर्ने भनेर सोचेर सुरु गरेको काम नेपाली सिनेमा उद्योगलाई राम्रो सिनेमा दिने भन्दै अगाडि बढ्दा ६ करोड लगानी भएको हरिहर अधिकारी बताएका छन् । राम्रो दिनमा काम सुरु गरेकाले राम्रो सिनेमा बनेको उनको भनाइ छ ।

बलिउडमा हिट सिनेमा दिएका सिनेमेटोग्राफर आफ्नो सिनेमाको क्यामेरामेन हुन्छ भन्ने आफूले कल्पनासमेत नगरेको उनले बताएकी छन् । क्षमतावान र अनुभवी प्राविधिक र लिजेन्ड कलाकारका कारण पनि सिनेमा राम्रो बनेको र भरोसा रहेको उनले बताएकी छिन् ।

सिनेमाको नामलाई लिएर अभिनेता हरिहरले स्पष्ट पारेका छन् । आफ्नो सिनेमाको नाम चरित्रको नाम, ठाउँको नाम, सम्बन्धलगायत केही राख्दा पनि न्याय नहुने भएपछि ‘ह्रस्व दीर्घ’ राखिएको उनले बताए । ‘सिनेमा हेरेपछि यसको अर्थ प्रष्ट हुन्छ । किन यो नाम राखिएको रहेछ भनेर थाहा हुन्छ,’ उनले भने, ‘यही नाम किन राखिएछ भनेर सबैले थाहा पाउनु हुनेछ ।’

ट्रेलरमा ब्रह्मानन्दमको स्वरलाई लिएर भइरहेको बहसमा नीताले ट्रेलरमा मात्रै उनले नेपाली बोलेको बताएकी छन् । सिनेमामा टुटेफुटेको नेपाली र हिन्दी भाषा नै उनले प्रयोग गर्ने बताएकी छिन् । बनासरमा बसेर संकृत पढेर नेपाल आएको क्यारेक्टर ब्रह्मानन्दमले निभाएका छन् ।

सिनेमामा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतका कलाकारको अभिनय रहेको छ ।

अभिनेता हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको सिनेमालाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका छन् । सिनेमाका कार्यकारी निर्माता धनन्जय गलानी हुन् ।

अब्बल सिनेमेटोग्राफरले खिचेको सिनेमा हुनु, रामोजी फिल्म सिटीमा छायांकन गरिएको हुन, चन्द्र पन्त जसले भोजपुरी र नेपाली सिनेमामा एक्सनको काम गरेको अनुभव हुनु, साउथका सुपरस्टार हुनुलागतले दर्शकको ध्यान खिच्नसक्छ ।

नीता फिल्मसको ब्यानरमा निर्माण भएको सिनेमाको नेपालसहित भारतमा अवस्थित संसारकै ठूलो स्टुडियो रामोजी फिल्म सिटीमा छायांकन गरिएको ‘ह्रस्व दीर्घ’को निर्माणमा ६ करोड खर्च भएको दाबी निर्माण टिमको छ ।

यो सिनेमा नेपाली, तेलुगु र हिन्दी गरी तीन भाषामा रिलिज हुनेछ । विजय वस्यालले पोस्टर डिजाइन गरेको सिनेमालाई मनोज राठी र उज्वल पौडेलको व्याङ्कटेस इन्टरटेनमेन्ट वितरण गर्दैछ ।