द सिनेमा टाइम्स, काठमाडौं । बहुप्रतिक्षित दक्षिण भारतीय सिनेमा ‘पुष्पा २ : द रुल’को ट्रेलर सार्वजनिक भएको छ । आइतबार बिहारको पट्नामा आयोजना गरिएको ट्रेलर रिलिज कार्यक्रममा करिब ३ लाख दर्शक सहभागी भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । पटनामा आयोजित ट्रेलर सार्वजनिक कार्यक्रममा अल्लू र रश्मिका उपस्थित भएका थिए ।
रक्तचन्दनको व्यापारमा ठूलो साम्राज्य खडा गरेको पुष्पराज पात्र अल्लू अर्जुनको प्रहरीसँग टकरावलाई ट्रेलरलाई देखाइएको छ । प्रहरीको भूमिकामा रहेका अभिनेता फहाद फासिलले पुष्पराजको साम्राज्य भत्काउन गरेको तिकडमलाई रोचक अनि एक्सन स्टाइलमा प्रस्तुत गरिएको छ । सार्वजनिक ट्रेलरमा अल्लू अर्जुनको स्टाइल, गेटअप र डाइलगले दर्शकको मन जितिरहेको छ ।
सुकुमारको निर्देशन तथा लेखनमा निर्माण भएको सिनेमामा अल्लू र फहादसहित रश्मिका मन्दाना, सुनिल बर्मा, धनन्जय, जगपति बाबू, अनसुया भारद्वाज लगायतको अभिनय छ । ५ सय करोड भारुमा निर्माण भएको सिनेमाले प्रदर्शन अगावै विभिन्न राइट्सबाट लगानी सुरक्षित गरिसकेको छ ।


प्रतिक्रिया