द सिनेमा टाइम्स, काठमाडौं । गत शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘ह्रस्व दीर्घ’ले बक्सअफिसमा आक्रामक व्यापार गरिरहेको छ । सिनेमाको शनिबार मात्रै नभई आइतबारसमेत हलले मध्य रातसम्म शो चलाइरहेका छन् । आइतबार सिनेमाको निर्माण टिमले २ दिने बक्सअफिस कलेक्सन रिपोर्ट सावर्जनिक गरेको छ ।
वितरक मनोज राठीका अनुसार सिनेमाले शनिबार र शुक्रबार दुई करोड बढि व्यापार गरेको हो । शुक्रबार ८० लाख ग्रस कलेक्सन गरेको सिनेमाले शनिबार १ करोड २० लाख ग्रसकलेक्सन गरेको विज्ञप्ती ब्यंकटेश इन्टरटेमेन्टले सार्वजनिक गरेको छ । आइतबार पनि सिनेमाले देशभरका सिनेमा घरमा उत्साहजनक व्यापार गरेको वितरकको भनाई छ ।
आज सोमबार पनि सिनेमाले राम्रो व्यापारलाई निरन्तरता दिएको सिनेमा हलमा टिकेटिङ्ग साइटमा देख्न सकिन्छ । सिनेमाले राम्रो व्यापार गरेसँगै बलिउड अभिनेता तथा गजनी भिलेज प्रदीप सिंह रावत समेत नेपाल आएका छन् । उनी आज सोमबारबाट काठमाडौं उपत्यकाका विभिन्न हलमा पुगेर दर्शक प्रतिक्रिया लिनेछन् ।
नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । सिनेमामा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतका कलाकारको अभिनय रहेको छ ।
अभिनेता हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको सिनेमालाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् ।
सिनेमालाई चन्द्र पन्तले निर्देशन गरेका हुन् । यसअघि केही भोजपुरी सिनेमाको निर्देशन तथा करिब पाँच दर्जनभन्दा बढी नेपाली सिनेमामा द्धन्द्व निर्देशकको रुपमा काम गरिसकेका पन्तको यो निर्देशकीय डेव्यु नेपाली सिनेमा हो ।
अभिनेत्री निता ढुंगानाको लगानी निर्माण भएको यो सिनेमा तेलुगु र हिंन्दी गरी तीन भाषामा रिलिज हुने तयारीमा छ ।



प्रतिक्रिया