द सिनेमा टाइम्स, काठमाडौं । गत शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘तेल भिसा’ले बक्सअफिसमा सुखद् ओपनिङ गरेको छ । शुक्रबार र शनिबार उत्साहजनक व्यापार गरेको सिनेमाले आइतबार पनि सुखद् व्यापारलाई निरन्तरता दिएको थियो ।
सिनेमाका वितरक करण श्रेष्ठले सोमकार एक पोस्टर सार्वजनिक गर्दै तीन दिनको कलेक्सन रिपोर्ट सार्वजनिक गरेका छन् । यो सिनेमाले तीन दिनमा १ करोड ३६ लाख बढि ग्रसकलेक्सन गरेको दाबी उनको छ । वितरक श्रेष्ठले आज सोमबार पनि सिनेमाले राम्रो व्यापार गरिरहेकाले कलाकारहरु विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरिरहेको बताए ।
‘तेल भिसा’की प्रस्तुतकर्ता तथा अभिनेत्री ऋचा घिमिरेले आफ्नो सिनेमा इनिसियल रुपमा जाने सिनेमा नभई दर्शकको वर्डअफ माउथका कारण पिकअप लिने सिनेमा भएकाले आज सोमबार पनि राम्रो व्यापार गरिरहेको हुनाले भोली मंगलबारदेखि दर्शकको चाप हलमा बढ्दै जाने विश्वास व्यक्त गरिन् । दर्शकबाट सिनेमालाई राम्रो प्रतिक्रिया मिलिरहेको भन्दै सिनेमा हेरेर साथ र सहयो गर्ने सम्पुर्ण दर्शकलाई धन्यवाद ज्ञापन गरिन् ।
शंकर घिमिरे निर्देशित सिनेमामा अभिनेता विपिन कार्की बाबु र छोराको गरी दोहोरो भूमिकामा छन् । दर्शकलाई सिनेमाप्रति आकर्षित गर्ने यो महत्त्वपूर्ण आधार मानिएको छ । निर्देशक घिमिरेको नै लेखन रहेको सिनेमामा विपिनसँगै वर्षा राउत, पुजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ, सुचित्रा उप्रेती र विदेशी कलाकारहरुको अभिनय रहेको छ ।
वेलडन क्रियसनको व्यानरमा ऋचा घिमिरेको प्रस्तुती रहेको सिनेमामा अनिल पाण्डे र शिवराज कार्कीको लगानी छ । प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्माता रहेको सिनेमामा सुशन प्रजापतिको छायांकन, रामजी लामिछाने र शिशिर खातीको कोरियोग्राफी, आशिष अविरल, कल्याण सिंह र कृष्ण भारद्धाजको संगीत र अजय खड्काको सम्पादन छ ।



प्रतिक्रिया