द सिनेमा टाइम्स, काठमाडौं । दक्षिण भारतीय सिनेमा ‘पुष्पा २ : द रुल’को नेपालमा समेत अग्रीम टिकट बुकिङ खुला गरिएको छ । भारतमा गत शनिबार नै अग्रीम टिकट बुकिङ खुलाइएको सिनेमाको नेपालमा हिजो सोमबार मात्रै खोलिएको हो ।
अग्रीम टिकट बुकिङ खुला गरिएसँगै नेपालमा पनि सिनेमाको आक्रामक रुपमा टिकट बिक्रि भैरहेको विभिन्न सिनेमा हलको अनलाइन टिकेटिङ साइटमा देख्न सकिन्छ । बिहान ४ बजेदेखि मध्य रातीसम्मका शो दुई दिन अगावै हाउसफूल हुने संघारमा छन् । सिनेमालाई नेपाली सिनेमा हलले उच्च शो उपलब्ध गराएका छन् ।
दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुन र रश्मिका मन्दनाको मुख्य भूमिका रहेको सिनेमालाई बिहीबार नेपाली हलले करिब ५ सय आसपासमा शो दिएका छन् । सिनेमाले पहिलो दिन नै ३ करोड हाराहारीमा ओपनिङ गर्ने अपेक्षा वितरकले गरेका छन् । सिनेमालाई डिसिएन, ए एट्स र आरआर फिल्मस्ले नेपाल प्रदर्शन अधिकार मंहगो मुल्यमा खरिद गरेको बताएका छन् ।
सुकुमारको निर्देशन तथा लेखनमा निर्माण भएको सिनेमामा अल्लू र फहादसहित रश्मिका मन्दाना, सुनिल बर्मा, धनन्जय, जगपति बाबू, अनसुया भारद्वाज लगायतको अभिनय छ । ५ सय करोड भारुमा निर्माण भएको सिनेमाले प्रदर्शन अगावै विभिन्न राइट्सबाट लगानी सुरक्षित गरिसकेको छ ।


प्रतिक्रिया