द सिनेमा टाइम्स, काठमाडौं । अभिनेत्री नीता ढुंगानाको निर्माण तथा अभिनय रहेको सिनेमा ‘ह्रस्व दीर्घ’ले नेपाली बक्स अफिसमा १० करोड रुपैयाँको आंकडा पार गरेको छ । बुधबारसम्म यो सिनेमाले १० करोड ६० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको हो।
‘ह्रस्व दीर्घ’ले नेपालमा मात्रै हैन विदेशमा पनि राम्रो व्यापार गरिरहेको यो सिनेमाको विदेश वितरक सेभेन सिज इन्टरटेमेन्टले जनाएको छ । ‘ह्रस्व दीर्घ’ अहिले सिनेमा अष्ट्रेलिया, न्युजल्याण्ड, जापान, दक्षिण कोरिया, जापान र मध्य पूर्वका धेरै देशमा प्रदर्शन भैरहेको छ । विस्तारै अमेरिका, क्यानडा, युरोपका विभिन्न देशमा रिलिजको तयारी भैरहेको निर्मात्री नीता ढुंगाना बताउँछिन् ।
नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । सिनेमामा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतका कलाकारको अभिनय रहेको छ ।
अभिनेता हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको सिनेमालाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् ।
सिनेमालाई चन्द्र पन्तले निर्देशन गरेका हुन् । यसअघि केही भोजपुरी सिनेमाको निर्देशन तथा करिब पाँच दर्जनभन्दा बढी नेपाली सिनेमामा द्धन्द्व निर्देशकको रुपमा काम गरिसकेका पन्तको यो निर्देशकीय डेव्यु नेपाली सिनेमा हो । अभिनेत्री निता ढुंगानाको लगानी निर्माण भएको यो सिनेमा तेलुगु र हिन्दी भाषामा पनि रिलिज हुने तयारीमा छ ।



प्रतिक्रिया