द सिनेमा टाइम्स, काठमाडौं । दक्षिण भारतीय सिनेमा ‘पुष्पा २ : द रुल’ विश्वव्यापी सर्वाधिक व्यापार गर्ने भारतीय सिनेमा बनेको छ । यसअघि यो रेकर्ड दक्षिण भारतीय सिनेमा ‘आरआरआर’को नाममा थियो । यो सिनेमाले पहिलो दिन विश्वभरबाट २८० करोड बढि ग्रसकलेक्सन गरेको बलिउड मिडियाले जनाएका छन् ।
बलिउड ट्रेड एनालिस्ट तरण आर्दशले समेत हिन्दी भाषामा ‘पुष्पा २’ले जवानको पहिलो दिनको बक्सअफिस रिपोर्ट तोडेको उल्लेख गरेका छन् । उनले जवानले पहिलो दिन ६५.५० करोड व्यापार गरेको र पुष्पाले ७२ करोड व्यापार गरेको जानकारी दिएका छन् । योसँगै पहिलो दिन सवैभन्दा धेरै ओपनिङ सिनेमाको रेडर्क ‘पुष्पा २’ले आफ्नो नाममा गरेको हो ।
भारतमा मात्रै नभई पुष्पा २ ले नेपालमा समेत आक्रामक व्यापार गरिरहेको छ । सिनेमाको नेपाल वितरक मध्यको एक कम्पनि डिसिएनले यो सिनेमाले ४ करोड माथिको ओपनिङ गरेको दाबी गरेको छ । सिनेमाको नेपाली हलमा बिहान ४ बजेदेखि मध्य रातको ११ः५५ बजेसम्म शो राखिएको छ । २४ घण्टा नै हलले सिनेमा चलाएबाट पनि थाहा हुन्छ कि नेपालमा यो सिनेमाको क्रेज दर्शकमाझ कस्तो छ । जसको प्रत्यक्ष प्रभाव बक्सअफिसमा देखिरहेको छ ।
दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुन र रश्मिका मन्दनाको मुख्य भूमिका रहेको सिनेमालाई बिहीबार नेपाली हलले करिब ५ सय आसपासमा शो दिएका छन् ।
सुकुमारको निर्देशन तथा लेखनमा निर्माण भएको सिनेमामा अल्लू र फहादसहित रश्मिका मन्दाना, सुनिल बर्मा, धनन्जय, जगपति बाबू, अनसुया भारद्वाज लगायतको अभिनय छ । ५ सय करोड भारुमा निर्माण भएको सिनेमाले प्रदर्शन अगावै विभिन्न राइट्सबाट लगानी सुरक्षित गरिसकेको छ ।


प्रतिक्रिया