द सिनेमा टाइम्स, काठमाडौं । बलिउड अभिनेता सिद्धार्थ मल्होत्राको मुख्य भूमिका रहने सिनेमा ‘परम सुन्दरी’को निर्माण घोषणा गरिएको छ । मंगलबार बलिउडको सफल सिनेमा निर्माण कम्पनि म्याडक फिल्मस्ले एक मोसन पोस्टर सार्वजनिक गर्दै सिनेमाको निर्माण घोषणा गरेको हो ।
यो सिनेमामा सिद्धार्थको जोडी बलिउड अभिनेत्री जाहान्वी कपुरसँग बाँधिएको छ । सिद्धार्थ र जाहान्वीले पहिलो पटक स्क्रिन सेयर गर्न लागेका हुन् । यो सिनेमाको निर्माण घोषणासँगै प्रदर्शन मिति पनि घोषणा गरिएको छ । ‘दसवी’ फेम्ड निर्देशक तुषार जलोटाको निर्देशनमा निर्माण हुने सिनेमा वर्ष २०२५ को जुलाई २५ तारिखबाट विश्वभरका सिनेमा घरमा रिलिज हुनेछ ।
यो तुषारको दोस्रो निदेशकिय बलिउडको फिचर सिनेमा हो । उनले निर्देशनमा डेव्यु गरेको पहिलो सिनेमा ‘दसवी’लाई पनि म्याडक फिल्मस्ले निर्माण गरेको थियो । यसअघि उनले ‘बर्फी’, ‘पद्यावत’ र ‘गोलियो कि रासलीला रामलीला’मा मुख्य सहायक निर्देशकको रुपमा काम गरेका थिए । तुषारले निर्देशकिय डेव्यु सिनेमा ‘दसवी’ले दर्शक तथा समीक्षकबाट प्रशंसा पाएको थियो ।
यो सिनेमाका निर्माता दिनेश विजान र सह-निर्माता शारदा कार्की जलोटा र पुनम शिवदासानी हुन् । उत्तर भारतको एक युवा र दक्षिण भारतकी एक युवतीबीचको प्रेमकथालाई प्रस्तुत गरिने सिनेमाको लेखन आर्श बोरा र गौरव मिश्राले गरेका हुन् । सन्तान कृष्णनले खिच्ने सिनेमामा सचिन जीगरको संगीत र अमित भट्टाचार्यको गीत लेखन रहनेछ ।


प्रतिक्रिया