भाइरल बालगायक सचिन परियारको निधन

भाइरल बालगायक सचिन परियारको निधन

द सिनेमा टाइम्स
126
Shares

द सिनेमा टाइम्स, काठमाडौं । सामाजिक सञ्जालबाट चर्चामा बालगायक सचिन परियारको निधन भएको छ । त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा उनको बिहीबार बिहान १०ः४५ बजे निधन भएको अस्पतालले जनाएको छ ।

आईसीयूमा राखेर १३ वर्षीय सचिनको केही दिनदेखि उपचार भइरहेको थियो । स्वास्थ्य समस्याका कारण अघिल्लो वर्षदेखि नै थलिएका उनको कम्मरमुनिको भाग राम्रोसँग चल्दैन थियो । यसअघि शल्यक्रिया गरेर स्वास्थ्यमा सुधार आउनुका साथै सचिन आफ्नै बलमा उभिन नसक्ने अवस्थामा थिए ।

केही समयअघि टिभी कार्यक्रम ‘इन्द्रेणी’मा पुगेका उनी राम्रोसँग बोल्न समेत नसक्ने अवस्थामा देखिएका थिए । भाइरल बालगायकका रुपमा परिचित सचिनले गाएका गीत सामाजिक सञ्जालमा चर्चामा छन् ।

महानायक राजेश हमालसँग सचिनले एक म्युजिक भिडियोमा अभिनय गरेका थिए । उनले गाएका गीतहरु ‘रातो रबर एक’, ‘रुमाल खस्छ कि’, ‘के छ र हजुर’, ‘बरको छाँयाले’ हुन् । सचिनले हास्य श्रृंखला ‘मेरी बास्सै’मा पनि अभिनय गरेका थिए ।