प्रदीपले १० वर्षे सिनेमा करियरबारे चर्चा गर्दैगर्दा ‘एक्टर’को ‘के भरोसा गरम’ सार्वजनिक

प्रदीपले १० वर्षे सिनेमा करियरबारे चर्चा गर्दैगर्दा ‘एक्टर’को ‘के भरोसा गरम’ सार्वजनिक


द सिनेमा टाइम्स, काठमाडौं । स्टार अभिनेता प्रदीप खड्काको सिनेमा करियको दश १० पूरा भएको खबरहरु आइरहँदा उनका सिनेमाका कन्टेनहरू आइरहेका छन् । नयाँ सिनेमा रिलिज हुने क्रममा छन् भने अभिनयमा व्यस्त छन् । प्रदीपले सिनेमा ‘ठूलो मान्छे’बाट सिनेमा करियर सुरु गरेका थिए । यसमा उनी निर्माता थिए ।

अभिनेताको रुपमा उनको डेब्यु सिनेमा ‘इस्केप’ थियो । जुन सन् २०१५ मा रिलिज भएको थियो । प्रदीपले आफ्नो १० वर्षे सिनेमा यात्राबारे बोल्दै यात्रा चुनौतीपूर्ण रहेको बताएका छन् । ‘सिनेमाको यात्रा विस्तारै सिक्दै गैरहेको छु’ उनले भनेका छन् । ‘प्रि-प्रोडक्सन, प्रोडक्सन, पोस्टप्रोडक्सन हुँदै अभिनयमा आएको स्मरण गरेका छन् ।

उनले जीवन र अभिनय यात्रालाई मुटुको चालको रुपमा व्याख्या गरेका छन् । ‘जीवनमा उतारचढाव, चुनौतीहरू भएनन् भने सायद त्यो मुटुको चालको ग्राफजस्तो हुन्छ होला, जबसम्म उतारचढाव छ तबसम्म जीवित, जब त्यो ग्राफ सीधा हुन्छ तब मृत शरीर,’ उनले भनेका छन्, ‘त्यसैले म गर्व गर्छु, मेरो जीवनमा ती उतारचढावहरू थिए । अभिनय यात्रामा कहिले माथी त कहिले तल हुँदै अगाडि बढ्न पाएँ । हमेशा तपाईंहरूबाट साथ सहयोग पाएँ ।’

जादुयी यात्रा र संसारको हिस्सा बन्न पाएकोमा उनले खुसी साट्दै यो यात्रामा उतारचढाव महसुस गरेको बताएका छन् । उनले आफ्नो एक्टरको यात्राभन्दा सिनेमा ‘एक्टर’मा आफ्नो यात्रा रोचक लाग्ने बताएका छन् ।

उनले बताएको ‘एक्टर’ माघ १६ गते रिलिज हुँदैछ । सिनेमा ‘एक्टरः टेक वन’को गीत ‘के भरोसा गरम’ शनिबार सार्वजनिक भएको छ । गीतको भिडियोमा प्रदीप खड्कालाई दुई नायिकाहरू आना शर्मा र दिव्या रायमाझीसँग प्रेममा रहेको देखाइएको छ ।

गीतमा त्रिकोणात्मक प्रेमकथा छ । तर, सिनेमाको टिजरमा भने अभिनेता द्वय प्रदीप खड्का र राजबल्लभ कोइरालाका दृश्यहरूले यस सिनेमाको कथा अर्कै रहेको संकेत गरेको थियो ।

गीतको भिडियोले सिनेमामा प्रदीप दोहोरो भूमिकामा रहेका छन् भन्ने भन्ने प्रश्न उब्जाएको छ । अभिनेत्री आनासँगको दृश्यमा बोल्न सक्ने र दिव्यासँगको दृश्यमा बोल्न नसक्ने भूमिकाका दृश्य गीतमा देखिएका छन् ।

गीतमा हर्कुलस बस्नेत र इन्दिरा जोशीले आवाज दिएका छन् । उर्मिला गुरुङको शब्द र हर्कुलस बस्नेतको संगीत छ । गीतमा किरण थापाले कोरियोग्राफी गरेका छन् । कलर ग्रेडिङ राजेन्द्र मोक्तानको छ ।

सिनेमाको निर्देशन राजन भुसालले गरेका छन् भने स्क्रिप्टमा आकाश बराल र राजन भुसालको सहकार्य छ । सिनेमामा प्रदीप, आना र दिव्याका साथै राजबल्लभ कोइराला, दिव्य देव, उषा रजक, सृजना अधिकारी, र सुशील सिटौलालगायतका कलाकारहरूको प्रमुख भूमिका रहेको छ ।

‘एक्टरः टेक वन’ अधृत फिल्म्स् र अ मोती फिल्मको संयुक्त प्रस्तुति हो । यसका निर्माता थमन कुमार भण्डारी, क्रियटिभ निर्माता मोती कार्की, र सह-निर्माता अनीश भुसाल रहेका छन् ।

छायांकन नरेन्द्र मैनालीले गरेका हुन् भने सम्पादन निमेष श्रेष्ठले गरेका छन् । सिनेमामा हर्कुलससहित रोहित शाक्य र एलिस कार्कीले संगीत दिएका छन् ।