भारत र पाकिस्तान युद्धको कथा ‘स्काई फोर्स’को ट्रेलर रिलिज

भारत र पाकिस्तान युद्धको कथा ‘स्काई फोर्स’को ट्रेलर रिलिज

द सिनेमा टाइम्स
140
Shares

द सिनेमा टाइम्स, काठमाडौं । बलिउड सुपरस्टार अक्षय कुमारको मुख्य भूमिका रहेको सिनेमा ‘स्काई फोर्स’को ट्रेलर रिलिज भएको छ । आइतबार रिलिज भएको सिनेमाको ट्रेलरले भारत र पाकिस्तानबीचको युद्धको कथा भन्ने छ ।

भारतले पहिलो पटक पाकिस्तानमाथी गरेका एयर स्ट्राइक हमला र त्यस हमलाका दौरान बेपत्ता सैनिक जवानको कथा सिनेमाले प्रस्तुत गरेको सार्वजनिक ट्रेलरबाट बुझ्न सकिन्छ । सिनेमामा वीर पहारियाको पनि मुख्य भूमिका रहेको छ । उनले यो सिनेमा एयर स्ट्राइकका दौरान बेपत्ता सैनिक पाइटलको भूमिा निर्वाह गरेका छन् ।

सिनेमामा अभिनेत्री सारा अली खानको पनि मुख्य भूमिका रहेको छ । सिनेमामा उनी बेपत्ता सैनिक वीरको श्रीमती जो बच्चासहित श्रीमानको प्रतिक्षामा रहेकी युवतीको भूमिका प्रस्तुत छिन् । उनले श्रीमान तथा बेपत्ता सैनिकको खोजी गरिदिन एयर स्ट्राइक पाइटल लिडर अक्षय कुमारलाई दबाव दिइरहेको देख्न सकिन्छ । सिनेमाको सार्वजनिक ट्रेलरले देशभक्ति पुर्ण सिनेमा मनपराउने दर्शकलाई उत्साहित गर्न सफल छ ।

म्याडक फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमा आगामी जनवरी २४ तारिखबाट विश्वभरका सिनेमा घरमा रिलिज हुनेछ । सिनेमामा अक्षय, वीर र सारासँगै निम्रत कौरले पनि अभिनय गरेकी छन् । सन्दीप केल्वानी र अभिषेक अनिल कपुरले निर्देशन गरेको सिनेमालाई दिनेश विजन, स्त्री फेम्ड निर्देशक अमर कौशिक, ज्योति देशपाण्डेय र सहिल बबीर खानले निर्माण गरेका हुन् ।