द सिनेमा टाइम्स, काठमाडौं । ‘रेशम फिलिली’ गज्जवको हाइप भएको सिनेमा हो । ०७२ साल वैशाखमा रिलिज भएको यो सिनेमा ‘जालमा’ गीतका कारण गज्जवको हाइप बनाएको थियो । यो गीत भाइरल हुँदा सिनेमाको हाइपले आकाश छोएको थियो ।
हाइप अनुसारकै पहिलो दिन सिनेमा हेर्न दर्शक हलमा पुगेका थिए । दोस्रो दिनको बिहानी शो पनि हाउसफुल चल्यो । तर, मध्याह्न नहुँदै गोरखा भूकम्प गयो । जसले सिनेमाको प्रदर्शन रोकियो । महाभूकम्पले यो सिनेमालाई ठूलो घाटा भयो । यही सिनेमाको सिक्वेल अहिले बनिरहेको छ ।
‘फेरि रेशम फिलिली’ नाममा यसको सिक्वेल बनिरहेको हो । छायांकन सकिएको सिनेमा अहिले पोस्ट प्रोडक्सनमा छ । सिनेमाको कथा कसरी अगाडी बढेको छ, यसको सांगीतिक पक्ष कस्तो हुन्छ, त्यसमा यो सिनेमा कस्तो हुनेछ दर्शकको पखाई रहेको बुझन् सकिन्छ । तर यो सिनेमाको सिक्वेलमा पनि लोकप्रिय गीतको अपेक्षा धेरैलाई छ । निर्माण पक्ष ‘रेशम फिलिली’को जस्तै हाइप ‘फेरि रेशम फिलिली’को पनि बनाउने मेहनत गरिरहेको छ ।
यसका मुख्य पात्र विनय श्रेष्ठ पुरानै गेटअपमा देखिने भएका छन् । मुख्य कलाकार विनय नौ वर्षअघि प्रदर्शन भएको सिनेमा ‘रेशम फिलिली’कै लुक्स र गेटअपमा देखिने भएका हुन् ।
‘फेरि रेशम फिलिली’ फागुन १४ गते महाशिवरात्रिमा प्रदर्शनमा आउँदैछ । रौनक विक्रम कडेलको लगानीमा निर्माण भएको सिनेमाको पोस्टरमा मुख्य अभिनेता विनय श्रेष्ठ र अभिनेत्री सुपुष्पा भट्ट प्रस्तुत छन् । ‘रेशम फिलिली’मा भने विनयको जोडी अभिनेत्री मेनुका प्रधानसँग बाँधिएको थियो ।
यसपटक मेनुकाको स्थानमा सुपुष्पा छिन् । निरोज महर्जनको निर्देशन रहेको सिनेमामा विनय र सुपुष्पासँगै नीर शाह, कामेश्वर चौरासिया, प्रकाश घिमिरे, शिशिर वांदेल, रवीन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापालगायतको अभिनय रहनेछ ।
सिनेमाको कार्यकारी निर्मातामा सुरज बम ठकुरी छन् । सुसन प्रजापतिको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा छ ।


प्रतिक्रिया