‘वसन्त’ सुपरहिट हुनेमा दर्शकको विश्वास, भन्छन्- प्रकाशले जे छोयो त्यही हिट, सिनेमा पनि सुपरहिट हुन्छ

‘वसन्त’ सुपरहिट हुनेमा दर्शकको विश्वास, भन्छन्- प्रकाशले जे छोयो त्यही हिट, सिनेमा पनि सुपरहिट हुन्छ

प्रकाश सपूतको डेब्यु सिनेमा ‘परदेशी–२’ सुपरहिट भएको थियो । हालै प्रदर्शनमा आएको दोस्रो सिनेमा ‘पूर्णबहादुरको सारङ्गी’ले पनि कीर्तिमानी व्यापार गरेको थियो ।

द सिनेमा टाइम्स
119
Shares

द सिनेमा टाइम्स, काठमाडौं । प्रकाश सपूत छोटो गीत मार्फत लामो कथा भन्ने सर्जक हुन् । गीत मार्फत समाजका हेपिएका र तल पारिएका वर्गको कथा भन्दै आएका सर्जक हुन् । आफ्ना हरेक सिर्जनामा मर्मस्पर्शी कथा भन्दै आएका छन् ।

यसपटक भने उनी आफूले भोगेको र देखेको कथा सिनेमामार्फत् भन्ने जमर्को गर्दैछन् । यसका लागि उनले सिनेमा ‘वसन्त’लाई बनाएका छन् ।

शनिबार सिनेमा ‘वसन्त’को गीत रिलिज भयो । ‘साँझ पर्यो झमक्क’ बोलको गीतले प्रशंसा बटुलिरहेको छ । युट्युब ट्रेन्डिङमा अगाडि बढिरहेको छ । युट्युब ट्रेन्डिङको तेस्रो तेस्रो नम्बरमा छ । ‘साँझ पर्यो झमक्क’ म्युजिक सेक्सनको तेस्रो नम्बरमा छ ।

ट्रेन्डिङको यात्रामा गीत अगाडि बढिरहँदा स्रोता तथा दर्शकको मन पनि जितिरहेको छ । युट्युबमा गीतको राम्रो प्रतिक्रिया पाइरहेको छ । अन्य गीतजस्तै उनको यो सिनेमाको गीतले पनि माया पाइरहेको छ । डिटेलिङमा काम गरिएको गीतले सिनेमाको कथा पनि संकेत गरेको छ ।

तेजेन्द्र बिक गीत हेरेर युट्युबमा कमेन्ट गर्छन्, ‘उत्कृष्ट गीत छ । सिनेमा पनि उत्कृष्ट नै हुनुपर्छ पक्कै । सफलताको शुभकामना प्रकाश सपूतलगायत सम्पूर्ण टिमलाई ।’

दीपक विश्वकर्मालाई पनि गीत मन परेको छ । गीतजस्तै हिट सिनेमा पनि बनोस् भन्ने कामना गर्छन् । ‘प्रकाश सपूतको यो कलालाई उच्च सम्मान छ । यो सिनेमा ‘वसन्त’ सुपरहिट बन्न सफल होस् ।’

प्रकाश गीतमार्फत् नै कथा भन्ने सर्जक हुन् । ५ मिनेटको गीतबाट नै कथा भन्ने प्रकाशबाट राम्रो सिनेमाको आशा राख्नु नराम्रो होइन । ५ मिनेटको गीतबाट कथा भन्ने उनले दुई घण्टाको सिनेमाबाट पक्कै गज्जबले कथा भन्ने अपेक्षा गर्न सकिन्छ ।

‘वसन्त’ले जातीय विभेदविरुद्धको कथा भन्नेछ । समाजको तल्लो स्थानमा रहेका दलित समुदाय माथिल्लो जातिबाट कसरी पीडित हुँदै आएको छ भन्ने ‘वसन्त’ले कथा भन्नेछ । सामाजिक विभेद र अवरोधवीच यो सिनेमाले कसरी कथा भन्नेछ भन्ने सिनेमाले देखाउनेछ । विश्वकर्मा कसरी समाजमा पीडित छ भन्ने यो सिनेमाले देखाउनेछ । टाइटल अनाउन्स गर्दा सार्वजनिक गरिएको भिडियोले सिनेमाको कथासार बताइसकेको छ ।

कृष्ण समिप सुवेदी युट्युबमा कमेन्ट गर्दै लेख्छन्, ‘तिमी आउँछौ र त बहार आउँछ नि प्रकाश । यसपालि वसन्त पनि आउने बहार पनि आउने भयो है ।’ ‘वसन्त’ आउने र हेर्न पाइनेमा उनी उत्साहित छन् ।

लोकेश गारेललाई प्रकाशका गीत सिंगो सिनेमा जस्तै लाग्छ । त्यसैले उनले बनाउने सिनेमा पनि त्यतिकै राम्रो हुने आशा छ ।

‘प्रकाश सपूतको म्युजिक भिडियो कुनै सिनेमाभन्दा कम हुँदैन भने सिनेमा त कुरै नगरौँ सम्पूर्ण टिमलाई,’ उनले लेखेका छन् ।

प्रकाशले अहिलेसम्म खेलेका सबै सिनेमा हिट छन् । उनले गाएका धेरै गीत लोकप्रिय छन् ।

यही प्रसंग कोट्याउँलै युट्युब प्रयोगकर्ता भीम लेख्छन्, ‘जे छोयो त्यही हिट गीतहरू सबै हिट । पहिलो सिनेमा परदेशी-२ सुपर हिट ।’

उनी अगाडि लेख्छन्, ‘पूर्ण बहादुरको सारङ्गी’ अल टाइम बल्कबस्टर । अब आउने फिल्म प्रकाश सपूतको आफ्नै निर्देशक नयाँ मुभी वसन्त झनै महाँ बल्कबस्टर बनोस सुभकामना ।’

गायक प्रकाश सपूतको डेव्यु निर्देशकीय सिनेमा हो ‘वसन्त’ आगामी चैत २२ गतेदेखि प्रदर्शनमा आउन लागेको सिनेमाको हो ।

सिनेमामा प्रकाश सपूत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणि नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

‘वसन्त’ निर्माणमा आफू र आफ्नो टिमले मेहनत गरेकाले आफुले सोचेको जस्तै परिणाम आउने प्रकाशको विश्वास छ ।

गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने सोसल ड्रामा सिनेमामा कथा, पटकथा र संगीत पनि सपूतले नै तयार पारेका छन् । विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा सिनेमाले भन्ने छ ।

सिनेमाको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन् ।

सिनेमालाई सुसन प्रजापतिले खिचेका हुन् । काठमाडौं उपत्यकामा डिसिएन र मोफसलमा एफडी कम्पनिले सिनेमालाई वितरण गर्नेछन् ।

प्रकाश सपूतको डेब्यु सिनेमा ‘परदेशी-२’ सुपरहिट भएको थियो । हालै प्रदर्शनमा आएको दोस्रो सिनेमा ‘पूर्णबहादुरको सारङ्गी’ले पनि कीर्तिमानी व्यापार गरेको थियो । यो सिनेमाबाट उनले निर्देशनमा पनि हात हालेका छन् ।