२.५ फिटमुनिका बालबालिकालाई लिएर क्यूएफएक्सका हलमा सिनेमा हेर्न जान नपाइने

२.५ फिटमुनिका बालबालिकालाई लिएर क्यूएफएक्सका हलमा सिनेमा हेर्न जान नपाइने


द सिनेमा टाइम्स, काठमाडौं । २.५ फिटमुनिका बालबालिकालाई लिएर क्यूएफएक्सका हलमा सिनेमा हेर्न जान नपाइने भएको छ ।

बुधबार एक सूचना जारी गर्दै क्यूएफएक्स चेनले अब क्यूएफएक्सका हलमा २.५ फिटमुनिका बालबालिकालाई प्रवेश नदिइने जनाएको छ । क्यूएफएक्स नेपालकै ठूलो मल्टिप्लेक्स चेन हो ।

क्यूएफएक्सको सूचनामा भनिएको छ, ‘वृद्धदेखि बालकसम्म सबै दर्शकलाई सिनेमा हेर्न तोकिएको टिकटदर लागु हुनेछ । २.५ फिटभन्दा मुनिका बालबालिकालाई सिनेमा घरभित्र प्रवेश निषेध गरिएको छ ।’

यसअघि जुनसुकै उमेर र उचाईका व्यक्तिले क्यूएफएक्सका हलमा प्रवेश पाउँथे । अभिभाकले बच्चा लिएर जाँदा हलमा रहेका अरु दर्शक्लाई डिस्टर्भ हुने भएकाले यस्तो निर्णय गरिएको बताइएको छ ।