द सिनेमा टाइम्स, काठमाडौं । युट्युबमा सर्वाधि हेरिने नेपाली गीत ‘कुटुमा कुटु’ गीतकी चर्चित पाश्र्व गायिका मेलिना राईले इन्गेजमेन्ट गरेकी छन् । भोली शुक्रबार विवाह बन्धनमा बाँधिने तयारीमा रहेकी उनले प्रेमी ध्रुव गुरूङसँग इन्गेजमेन्ट गरेकी हुन् । सार्वजनिक भएको इन्गेजमेन्टको तस्वीरमा उनीहरुलाई आआफ्नै जातीय मौलिक भेषभूषामा देख्न सकिन्छ ।
इलाम स्थायी घर भएका ध्रुव पेशाले चिकित्सक रहेको जनाइएको छ । मेलिना र ध्रुवले छोटो समयको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेका हुन् । काठमाडौंको गोकणेश्वरस्थित हिमालीघर रिसोर्टमा मेलिना र ध्रुवको विवाह समारोह राखिएको छ ।
मेलिकाका दर्जनौं गीत लोकप्रिय छन् । मेलिनाले स्वरमा रहेका सिनेमाका गीतहरु ‘माया जदौ’, ‘रातो टीका निधारमा’ रिमेक भर्सन, ‘हुकुम बक्सियोस्’, ‘अजम्बरी लाउला पिरती’, ‘कम्मरमाथि पटुकी’ जस्ता गीत चर्चित छन् ।
मेलिनाको स्वरमा समावेशको आगामी फागुन २८ गतेबाट रिलिज हुने सिनेमा अञ्जिलाको नयाँ गीत ‘डल्ले डल्ले खुर्सानी’ बुधबार मात्र सार्वजनिक गरिएको छ । यो गीतमा सिनेमाका मुख्य कलाकार दयाहाङ राई र मिरुना मगर फिचर्ड छन् । अहिले मेलिना देश तथा विदेशमा आयोजित मेला तथा महोत्सवमा पनि उत्तिकै व्यस्त छिन् ।


प्रतिक्रिया