द सिनेमा टाइम्स काठमाडौं । प्रदीप खड्काका नेक्स्ट भेन्चर दुवै सिनेमालाई दर्शकको साथ मिलेको छ । प्रदीप मुख्य भूमिकामा रहेका सिनेमा ‘एक्टर : टेक वान’ र ‘पिताम्बर’ दुवैले दर्शकको माया पाएका छन् ।
‘पिताम्बर’को टिजर र ‘एक्टर : टेक वान’को ट्रेलरलाई दर्शकले साथ दिइएका हुन् । युट्युबमा रिलिज हुनबित्तिकै यी दुवै चलचित्रका टिजर र ट्रेलरले दर्शकको राम्रो साथ पाएका हुन् ।
युट्युबमा टिजर र ट्रेलर हेरेर दर्शकले राम्रो भएको भन्दै सिनेमा पनि आउट भएका टिजर र ट्रेलर जस्तै राम्रो हुने अपेक्षा गर्दै शुभकामना दिइरहेका छन् । युट्युबमा ‘पिताम्बर’को टिजर र ‘एक्टर : टेक वान’को ट्रेलरले राम्रो भ्युज पनि पाइरहेका छन् ।
‘एक्टर : टेक वान’को टिजर मुभी सेक्सनको ट्रेन्डिङमा २ नम्बरमा छ । ‘पिताम्बर’को टिजरले १६ लाखभन्दा माथि भ्युज पाइसकेको छ । ‘एक्टर : टेक वान’को ट्रेलरले १५ लाखभन्दा धेरै भ्युज पाइसकेको छ ।
दुवै सिनेमाका टिजर र ट्रेलर ठूलो क्यानभासमा खिचिएका छन् । यसलाई दर्शकले मन पराइरहेका छन् । दुवै सिनेमाको हाइप टिजर र ट्रेलरले बढाएका छन् । जसका कारण दुवै सिनेमा प्रतिक्षित बनेका छन् ।
राजन भुषालको निर्देशनमा ‘एक्टर : टेक वान’ अदृत फिल्मस् र मोती फिल्मको संयुक्त प्रस्तुतिमा बनेको सिनेमा हो । यो सिनेमामा प्रदीप खड्का, राजबल्लभ कोइराला, दिव्या रायमाझी, आना शर्मा, दिव्य देव, उषा रजक, सुशील सिटौला, सिर्जना अधिकारी, बादल भट्ट, प्रदीप के. चौधरी, सिर्जना अधिकारी लगायतको पनि अभिनय छ ।
आकाश बराल र निर्देशक भुसालको लेखन रहेको सिनेमामा थमन कुमार भण्डारी निर्माता र अनीश भुसाल सह-निर्मातामा छन् । सिनेमामा नरेन्द्र मैनालीको छायांकन, निमेष श्रेष्ठको सम्पादन तथा अष्ट महर्जनको द्वन्द्व निर्देशन छ ।
‘पिताम्बर’ कृषा चौलागाइँले निर्देशन गरेकी छन् । माघ १६ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमामा रोमन ब्रजचार्यको ब्याकग्राउन्ड म्यूजिक, उत्तम न्यौपानेको साउन्ड डिजाइन छ । हर्कुलस बस्नेत, रोहित शाक्य र एलिस कार्कीको संगीत तथा शिशिर खाती र किरण थापाको कोरियोग्राफी छ । सिनेमालाई नेपालमा डिसिएन र एप्पल इन्टरटेनमेन्टले वितरण गर्नेछन् ।
सिनेमामा प्रदीप खड्का, दिव्या रायमाझी, सौगात मल्ल, दयाहाङ राई, प्रमोद अग्रहरी, अनुपविक्रम शाही, सुरक्षा पन्त, दिव्यदेव, सुपुष्पा भट्ट, गौरी मल्ल, रविन्द्र झा, कामेश्वर चौरसिया, टीका पहारी, गौरव विष्ट, सुरवीर पण्डितलगायतको पनि अभिनय छ ।
विशाल चौलागाईं निर्माता रहेको सिनेमामा प्रदीप भारद्वाज र अभिमन्यू निरवीको पटकथा तथा संवाद लेखन छ । सुमन गौतम कार्यकारी निर्माता रहेको सिनेमालाई पुरुषोत्तम प्रधानले खिचेका हुन् । उनी सिनेमाका सह-निर्माता पनि हुन् । यो सिनेमा नयाँ वर्ष २०८२ को अवसर पारेर चैत २९ गतेबाट प्रदर्शनमा आउँदैछ ।


प्रतिक्रिया