यस्तो बन्यो ‘कोशेढुंगा’मा मुख्य कलाकारको लाइनअप

यस्तो बन्यो ‘कोशेढुंगा’मा मुख्य कलाकारको लाइनअप


द सिनेमा टाइम्स, काठमाडौं । ‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशक सरोज पौडेलले निर्देशन गर्न लागेको सिनेमा ‘कोशेढुंगा’मा मुख्य कलाकारको लाइनअप पूरा भएको छ ।

सिनेमामा हालसम्म सुरक्षा पन्त, आर्यन सिग्देल, प्रविण खतिवडा र नीति शाहले कागजी सम्झौता गरिसकेका छन् । यी चार कलाकार भित्रिएसँगै ‘कोशेढुंगा’को मुख्य कलाकारको लाइनअप पूरा भएको छ ।

सरोजले सिनेमाको थिम पोस्टर सार्वजनिक गर्दै टाइटल घोषणा गरे हालसम्म कलाकारको लाइनअप औपचारिक रुपमा घोषणा गरेका छैनन् ।

सरोज पौडेलले निर्देशन गरेको ‘पूर्ण बहादुरको सारङ्गी’ले नेपालमा हालसम्म करिब ५० करोड कलेक्सन गरिसकेको निर्माण टिमले जीनकारी दिएको छ। यो सिनेमा अझै पनि प्रदर्शनरत छ ।

‘कोशेढुंगा’ सोसल ड्रामा हो जसले अभाव, सपना र संघर्षको कथा भन्ने निर्माणपक्षले जनाएको छ ।

नरदेवी फिल्मस्को प्रस्तुति रहेको सिनेमा प्रेविल कँडेल र हरि महतको लगानी रहनेछ । दिनेश खड्का कार्यकारी निर्माता छन् । निर्माण पक्षले जानकारी दिए अनुसार सिनेमा २०८२ मा रिलिज हुनेछ ।

बाबु श्रेष्ठको डीओपी रहने सिनेमा सुरेन्द्र पौडेलले सम्पादन गर्नेछन् । सिनेमामा संगीत रिदम कँडेल र आषिश अविरलको रहनेछ । कास्टिङ डिरेक्टर सुवलमणि सापकोटा रहनेछन् ।