सिनेमा ‘पहाड’मा वर्षाको ठाउँमा प्रियंका

सिनेमा ‘पहाड’मा वर्षाको ठाउँमा प्रियंका


द सिनेमा टाइम्स, काठमाडौं । तुलसी घिमिरे निर्देशित सिनेमा ‘पहाड’को छायांकन १९ गते सुरु हुने भएको छ । ‘दर्पणछाया-२’ पछि घिमिरेको ‘पहाड’ निर्देशन सुरु गरेका हुन् । यही सिनेमाबाट निर्देशक घिमिरेकी छोरी पञ्चिमी घिमिरेले डेब्यु गर्दैछिन् । पछिल्लो समय बढ्दो बसाइँसराइले रित्तिँदै गएको पहाडी भूगोलको कथामा सिनेमा बन्नेछ ।

विपीन कार्की, मदनकृष्ण श्रेष्ठ, सुनील थापा, अरुण क्षेत्री र पञ्चमी घिमिरेको अभिनय रहनेछ । सिनेमामा वर्षा राउतले अभिनय गर्ने भनिए पनि अहिले प्रियंका कार्की अनुबन्ध भएको बताइएको छ ।

सिनेमामा निदेशनसँगै लेखन पनि तुलसी घिमिरेको रहनेछ । ओजश्वी केसी निर्माता रहेको सिनेमामा प्रमोद प्रधानको डीओपी, रञ्जित गजमेरको संगीत निर्देशन, भारती घिमिरे क्रिएटिभ निर्देशकको रूपमा रहने छन् ।

रिम्पोछे लामा थिङ्ग र सुरेश लामा थिङ्ग सह-निर्माता रहेको सिनेमा नेपालमा व्यंकटेश इन्टरटेनमेन्ट र विदेशमा सेभेन सिज इन्टरनेशनलले वितरण गर्नेछन् ।