बालबालिका लक्षित ‘नेपाल किड्स आइडल’ आयोजना हुने

बालबालिका लक्षित ‘नेपाल किड्स आइडल’ आयोजना हुने

द सिनेमा टाइम्स
28
Shares

द सिनेमा टाइम्स, काठमाडौं । बालबालिका लक्षित रियालिटी शो ‘नेपाल किड्स आइडल’ आयोजना हुने भएको छ । जय मिडिया मेनेजमेन्टका अनुसार यो शोमा ५ देखि १५ वर्ष उमेर समूहका बालबालिकाले सहभागिता जनाउन पाउनेछन् ।

जय मिडियाका संस्थापक जय राज रायले नेपालका सबै जिल्ला र भारतका सिक्किम, दार्जिलिङ, आसाम, देहरादुनलगायतका स्थानमा अडिसन गरी उत्कृष्ट बाल प्रतिभाको खोजी गर्ने बताए । ‘हामी फागुनबाट अडिसन सुरु गर्छौ । माघको अन्तिम साताबाट अडिसन गर्ने पूर्व योजना भएपनि प्रतिकुल मौसमका कारण फागुनमा गर्न लागेका हौं’, उनले भने ।

शोमा विजेतामध्ये पहिलोले १० लाख, दोस्रोले ५ लाख, तेस्रोले ३ लाख र चौंथोले २ लाख रुपैंयाँ नगद पुरस्कारसहित विभिन्न उपहार पाउनेछन् । संस्थापक जय राजले शोको निर्णायक चाँडै सार्वजनिक गरिने बताए । उनका अनुसार २८ एपिसोड रहने शो नेपालको एक राष्ट्रिय टेलिभिजनबाट प्रसारण हुनेछ ।