द सिनेमा टाइम्स, काठमाडौं । ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माता विनोद पौडेलले दुई वटा सिनेमा निर्माणको घोषणा गरेका छन् । ‘पूर्ण बहादुरको सारङ्गी २’ र ‘रोल नं १’ निर्माणको घोषणा गरेका हुन् ।
‘पूर्ण बहादुरको सारङ्गी’ले व्यापारिक रूपमा ऐतिहासिक सफलता प्राप्त गरेपछि पौडेलले एकै दिन दुई वटा सिनेमा बनाउने घोषणा गरेका हुन् ।
निर्माता पौडेलले आइतबार ‘सक्सेस पार्टी’ आयोजना गरेका थिए । सोही अवसरमा उनले उनले ‘पूर्ण बहादुरको सारङ्गी’२’ र ‘रोल नं १’ निर्माण गर्ने घोषणा गरेका थिए ।
‘पूर्ण बहादुरको सारङ्गी-२’ वि.सं. २०८३ मा रिलिज गर्ने उनले बताएका छन् । ‘पूर्ण बहादुरको सारङ्गी-२’ कसले निर्देशन गर्नेछन् उनले खुलाएका छैनन् ।
‘रोल नं १’ २०८२ मा रिलिज गर्ने तयारी छ । यसको निर्देशन जोन योञ्जनले गर्नेछन् । यो सिनेमा उनले केही महिना अगाडि नै निर्माणको घोषणा गरेका थिए ।
एक करोड ३० लाखमा निर्माण भएको ‘पूर्ण बहादुरको सारङ्गी’ले नेपाली बक्सअफिसबाट मात्रै करिब ५० करोड रुपैयाँ नजीक ग्रसकलेक्सन गरेको छ । नेपाल बाहिरबाट २५ देखि ३० करोड कलेक्सन गरेको बताइएको छ । यो नेपाली सिनेमाको इतिहासकै सर्वकालीक धेरै कलेक्सन हो ।
‘सक्सेस पार्टी’मा सेभेन सिज सिनेमाको नयाँ लोगो पनि सार्वजनिक गरिएको छ । यो टिमका तीनजना पार्टनरबीच राम्रो सम्बन्ध नरहेको खबरहरू आइरहेका बेला सेभेन सिज सिनेमाको नयाँ लोगो पनि सार्वजनिक गरिएको हो । निर्माणको घोषणा गरिएका दुवै सिनेमामा निर्मातामा विनोद पौडेलको मात्रै नाम छ ।


प्रतिक्रिया