एलिना चौहानले अदालतमा दिइन् अंश दाबी नगर्ने गरी सम्बन्धविच्छेदको मुद्दा

एलिना चौहानले अदालतमा दिइन् अंश दाबी नगर्ने गरी सम्बन्धविच्छेदको मुद्दा

द सिनेमा टाइम्स
126
Shares

द सिनेमा टाइम्स, काठमाडौं । गायिका एलिना चौहानले सम्बन्धविच्छेदका लागि मुद्दा दायर गरेकी छन् । श्रीमान् विष्णु सापकोटासँग सम्बन्धविच्छेदका लागि एलिनाले शुक्रबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गराएकी हुन् ।

उनले सम्बन्धविच्छेदको मुद्दा दर्ता गरे पनि अंश दाबी भने गरेकी छैनन् । मुद्दामा एलिनाले आफू कार्यक्रममा सहभागी हुन जाँदा विष्णुले शंका उपशंका गर्ने गरेको कार्यक्रमको बीचमा फोन गरेर तुरुन्त घरमा आइन भन्ने गरेको र त्यसले आफ्नो काममा अबरोध हुने गरेपछि यसैले मनमुटाव हुने गरेको बताएकी छन् ।

त्यसैले उनले वैवाहिक सम्बन्ध सुमधुर रहेर अगाडि बढ्न नसक्ने देखेर आफूले श्रीमानसँग भावनात्मकरूपमा सुमधुर सम्बन्ध कहिल्यै हुन नसकी कागजीरूपमा मात्र रहेको भन्दै सम्बन्धमा रहेर बस्नुभन्दा मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा ९५(ग) का आधारमा सम्बन्धविच्छेद गरी स्वतन्त्र भई आआफ्नो जीवन बिताउन उययुक्त हुने ठानेको बताएकी छन् ।

झापाकी एलिनाले ०८१ वैशाख १ मा बागलुङका विष्णुसँग विवाह गरेकी थिइन् । विष्णु अहिले अस्ट्रेलियामा छन् । उनी उतै व्यापार गर्दै आएका छन् ।