द सिनेमा टाइम्स, काठमाडौं । माघ २५ गते हिजो शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘ममी’ले दर्शकबाट उत्साहजनक प्रतिक्रिया पाइरहेको छ । शुक्रबार दर्शकको राम्रो साथ पाएपछि काठमाडौं उपत्यकाका केही मल्टीप्लेक्स हलले सिनेमा शो बढाएको वितरक गोविन्द शाहीले बताए ।
सिनेमाको निर्माण टिम शुक्रबार दर्शकसँग साक्षात्कार गर्न काठमाडौं उपत्यकाका विभिन्न हलमा पुगेको थियो । सिनेमा कलाकार हल पुग्दा दर्शकले सिनेमा राम्रो बनेको भन्दै राम्रो प्रतिक्रिया दिइरहेका थिए । नेपालमा बनेको अहिलेसम्मकै उत्कृष्ट फ्यामिली हरर साइकोलोजिकल थ्रिलर सिनेमा रहेको प्रतिक्रिया दर्शकको थियो ।
दर्शकबाट राम्रो प्रतिक्रिया पाएपछि निर्माण टिम पनि शनिबारबाट शोसँगै दर्शक अकुपेन्सी पनि बढ्ने विश्वास टिमको थियो । शनिबार पनि देशभरका हलमा सिनेमाले दर्शकको राम्रो साथ पाइरहेकाले नै हलले डिमाण्ड अनुसार शोज बढाइरहेको दाबी वितरक गोविन्द शाहीको छ । दर्शकबाट मिलको उत्साहजनक वर्डअफ माउथले भोली आइतबार वीक डेमा पनि राम्रो व्यापार गर्ने विश्वास वितरकको छ ।
सो ट्वान्टी फाइभको प्रस्तुतिमा निर्माण भएको सिनेमामा समर निरौला र पूर्णिमा जोशीको लेखन तथा समर निरौलाको निर्देशन रहेको छ । समर डेब्यू निर्देशक हुन् । सिनेमाको निर्माता लोक राज जोशी तथा पूर्णिमा जोशी हुन भने कार्यकारी निर्मातामा सुमन कोइराला छन् ।
सिनेमाको छायांकन निशाल पौडेल र शरद महतोले संयूक्त रुपमा गरेका हुन् भने सम्पादन सुरेन महर्जनको रहेको छ । यसैगरी पाश्र्व ध्वनीमा रोहित शाक्य, साउन्ड डिजाईनमा श्रवल आरपि, सम्पादनमा सुरेन्द्र महर्जन, एनवी महर्जनको द्धन्द्व निर्देशन, रंग संमयोजनमा दिपेश चौधरी तथा संगीतकारमा एसडी योगी छन् ।
सिनेमालाई काठमाडौं उपत्यकामा काफिया फिल्मस् र मोफसलमा कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गरेका हुन् ।


प्रतिक्रिया