द सिनेमा टाइम्स, काठमाडौं । उत्साहजनक प्रतिक्रिया पाइरहेको प्रदर्शनरत सिनेमा ‘ममी’को मेकरहरूले नै तारिफ गरेका छन् । सिनेमा हेर्न हल पुगेका दर्शकले ‘ममी’को खुलेर तारिफ गरेका हुन् ।
निर्देशक र कलाकारहरूले यो सिनेमाको तारिफ गरेका हुन् । निर्देशक विनोद पौडेलले ‘ममी’को मुक्तकण्ठले प्रशंसा गरे । थ्रिलर/हरर जानरामा ‘ममी’ नेपालमा अहिलेसम्म बनेकामध्ये सबैभन्दा उत्कृष्ट सिनेमा भएको बताए ।
‘म छक्क परेँ, म अन्डरस्टिमेट गरेर आएको थिएँ । ठिकै होला भन्ने लागेको थियो । यो जनरामा सिनेमा बन्थ्यो तर सहती र टेक्निकल रूपमा विक बन्थे,’ निर्देशक पौडेलले भने, ‘टेक्निकल होल्ड नभएको र क्राफ्टमेन्टसिप नभएको सिनेमा बन्थे । यसमा डिरेक्टरको काम देखिन्छ । सटलनेस, हरेक सट यत्तिकै चुज गरेको छैन । सानो सानो डिटेलिङमा काम गरेको छ ।’
नर्मल निर्देशकले नगर्ने काम ‘ममी’को निर्देशकले गरेको उनले बताए । हरेक सटमा डिरेक्टर देखिने भन्दै निर्देशक पौडेले जनरा फिम्ममा अहिलेसम्मकै बेष्ट सिनेमा भएको बताए । ‘यो सिनेमा बक्स अफिसमा हिट हुनुपर्छ । यस्तो सिनेमा चल्नुपर्छ । इन्करेज गर्नुपर्छ ।’
कलाकार शुसांक मैनालीले सिनेमामा कतै जर्क नरहेको बताए । कलाकारको अभिनयको उनले खुलेर तारिफ गरे । कथा अनुसारको पफर्मेन्स रहेको उनको भनाइ छ ।
‘मेरा लागि थ्रिलर हररमा अहिलेसम्मको बेस्ट मुभी हो । निर्देशकको काम पनि राम्रो, डीओपी पनि राम्रो, कलाकारको काम पनि राम्रो । यो सिनेमा चल्नु पर्छ,’ मैनालीले भने, ‘यो सिनेमा ब्लकबस्टर हुनुपर्छ ।’
निर्देशकको राम्रो काम भएकाले कलाकारको काम पनि राम्रो भएको भन्दै निर्देशक पौडेलले अभिनेत्री प्रियंका कार्कीको खुलेर तारिफ पनि गरे । ‘म भित्र सिनेमा हेर्दै गर्दा भन्दै थिएँ, यो वर्ष म कुनै अवार्डमा बस्न हो भने बेष्ट एक्ट्रेसको अवार्ड प्रियंकाले पाउँछ,’ उनले भने, ‘प्रियंकाको यो अहिलेसम्मकै बेष्ट काम हुनुपर्छ ।’
उनले अभिनेता सुलक्षण भारतीको पनि उनले तारिफ का छन् । उनले आफूले गत वर्ष हलिउडमा हरर सिनेमा हेरेको भन्दै त्यो भन्दा ‘ममी’ राम्रो रहेको बताए । नेपालमा नयाँ राम्रो मेकर आइरहेको पनि उनको भनाइ छ ।
निर्देशक सुर्वण थापाले पनि ‘ममी’ हेरेर तारिफ गरेका छन् । उनले भने, ‘म यसलाई पूरै हरर सिनेमा त भन्दिनँ साइकोलोजिकल मिस्ट्रियस छ । कथा र परिवेशभित्र रहेर राम्रोसँग कथा भनिएको छ । सिनेमा राम्रो बनेको छ ।’
सो ट्वान्टी फाइभको प्रस्तुतिमा निर्माण भएको सिनेमामा समर निरौला र पूर्णिमा जोशीको लेखन छ । समर निरौलाको निर्देशन रहेको छ ।
सिनेमाको निर्माता लोक राज जोशी तथा पूर्णिमा जोशी हुन भने कार्यकारी निर्मातामा सुमन कोइराला छन् ।
सिनेमाको छायांकन निशाल पौडेल र शरद महतोले संयूक्त रुपमा गरेका हुन् भने सम्पादन सुरेन महर्जनको रहेको छ । यसैगरी पाश्र्व ध्वनीमा रोहित शाक्य, साउन्ड डिजाईनमा श्रवल आरपि, सम्पादनमा सुरेन्द्र महर्जन, एनवी महर्जनको द्धन्द्व निर्देशन, रंग संमयोजनमा दिपेश चौधरी तथा संगीतकारमा एसडी योगी छन् ।
सिनेमालाई काठमाडौं उपत्यकामा काफिया फिल्मस् र मोफसलमा कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गरेका छन् । ‘ममी’मा प्रियंका कार्की, दीया मास्के, सुलक्षण भारतीलगायत कलाकारको अभिनय छ । गत शुत्रलबारबाट यो सिनेमा प्रदर्शनमा आएको हो ।


प्रतिक्रिया