द सिनेमा टाइम्स, काठमाडौं । फागुन १४ गते रिलिज हुने सिनेमा ‘फेरि रेशम फिलिली’ यो वर्षकै प्रतिक्षित मध्येको एक सिनेमा हो । विभिन्न कारणले यो गीत प्रतिक्षित बनेको छ ।
‘फेरि रेशम फिलिली’को अग्रिम टिकट बुकिङ खुला भइसकेको छ । सिनेमाले पर्याप्त शो पाएको छ । प्रतिक्षित भएकै कारण सिनेमाले ठूलो संख्यामा शो पाएको हो ।
गीत, सिनेमा निर्माण गर्ने व्यानर, सिनेमाले उठान गरेको विषय र कलाकारका कारण यो सिनेमा प्रतिक्षित बनेको छ । यही नै यो सिनेमा दर्शकले मन पराउने कारण बन्नेछ । यो सिनेमा ‘जालमा’ गीतका कारण पपुलर छ ।
‘रेशम फिलिली’मा रहेको गीत ‘जालमा’ भाइरल भएको थियो । त्यही कम्पोजको बेसमा बनाइएको ‘फेरि जालमा’ बोलको गीत ‘फेरि रेशम फिलिली’मा छ । यो गीत अहिले लोकप्रिय छ ।
अर्को महत्वपूर्ण पक्ष यसको निर्माण ब्यानर हो । सिनेमा आर्ट आफैँमा नेपाली सनेमा उद्योगमा थोरै चलेका व्यानर मध्ये एक हो । ‘कबड्डी कबड्डी’, ‘पुरानो डुङ्गा’ र ‘दिमाग खराब’ जस्ता सफल सिनेमा बनाएको व्यानर हो । त्यसैले यो व्यानरले बनाएको सिनेमा स्तरीय हुन्छ भन्ने विश्वास गर्न सकिन्छ ।
‘फेरि रेशम फिलिली’ले उठान गरेको विषय पनि आफैँमा धेरैले रुचाउने विषय हो । युवा पुस्ता अमेरिका र युरोप जाने लहर चलिरहेका बेला अमेरिका जाने युवाको कथा यो सिनेमाले उठान गरेकाले यसले दर्शकको मन छुनेमा निर्माणपक्ष ढुक्क छ ।
नौ वर्ष अगाडि बनेको सिनेमाको सिक्वेल भएकाले यसको शाख जोगाउँदै राम्रो व्यापार गर्ने उद्देश्यले बनाइएकाले पनि यो सिनेमा राम्रो बनेको निर्माणपक्षले बताएको छ ।
‘फेरि रेशम फिलिली’कै लागि यसकी अभिनेत्रीले १० केजी वेट बढाउनु र अभिनेता विनय श्रेष्ठले ५ केजी वेट लुज गर्नुले कलाकारले मिहिनेत प्रष्ट हुन्छ । त्यसैले यो सिनेमा चल्ने र दर्शकले मन पराउनेमा निर्माणपक्ष ढुक्क छ ।
‘फेरि रेशम फिलिली’मा विनय श्रेष्ठ, सुपुष्पा भट्ट, कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश दाहाल, सजन थापा लगायतको पनि अभिनय छ ।
सुसन प्रजापतीको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा, नरेश किङ्ग योगीको द्धन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत र सुरेन्द्र पौडेलको सम्पादन सिनेमामा रहेको छ ।
सिनेमा आट्र्स र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको सिनेमामा रौनक विक्रम कडेल निर्माता तथा कार्यकारी निर्माता सुरज बम ठकुरी र सह-निर्मातामा एनि थापा छन् ।
सिनेमाको पोस्टर डिजाइन ट्राइडेन्ट कन्सेप्टका रोयल भिमसेनले गरेका हुन् । यो सिनेमालाई गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रिव्युसनले वितरण गर्दैछन् ।


प्रतिक्रिया