‘बाबा होली मेला’ सिड्नीको बरूउड पार्कमा आयोजना हुने

‘बाबा होली मेला’ सिड्नीको बरूउड पार्कमा आयोजना हुने

द सिनेमा टाइम्स
35
Shares

द सिनेमा टाइम्स, काठमाडौं । शैक्षिक परामर्शदाताको रूपमा लामो समयदेखी काम गर्दै आएको संस्था बाबा एजुकेशन कन्सल्टेन्सीले बिध्यार्थीको बिश्वास जित्दै अष्ट्रेलिया र नेपालमा सेवा दिइरहेको छ ।

शैक्षिक परामर्श दातासँगै अष्ट्रेलियामा सामाजिक दायित्व र सहभागितालाई पनि बाबाले निरन्तरता दिँदै आइरहेको छ । नेपाली साँस्कृतिक कार्यक्रम आयोजनादेखी नेपाली सिनेमा प्रदर्शनसम्ममा आफ्नो सहभागिता जनाउँदै आएको बाबाको टाइटल प्रायोजनमा सिड्नीमा ‘बाबा होली मेला’ कार्यक्रमको आयोजना हुने भएको छ । मेला मार्च १३ र १४ अर्थात बिहिबार र शुक्रबार आयोजना हुनेछ ।

‘बाबा होली मेला’ नाम दिइएको यो कार्यक्रम सिड्नीको चर्चित बरूउड पार्कमा आयोजना गर्न लागिएको बाबा एजुकेशनका प्रमुख रबिन्द्रकुमार शर्माले दिए । कार्यक्रममा प्रबेश निःशुल्क राखिएको छ । कार्यक्रम निकै भव्य र सभ्य हुने अपेक्षा गरिएको छ । बरूउड पार्कमा आयोजना हुने होली मेलामा शिब परियार, मानसराज, आमेश भण्डारी र नटकेस लगायतका चर्चित कलाकारहरूले विभिन्न प्रस्तुति दिने भएका छन ।

‘सिड्नीमा रहनु हुने नेपालीलाई होलीको अवसरमा एउटै थलोमा जमघट गराउने हाम्रो उद्देश्य हो । प्रबासमा नेपाली संस्कृति र चाडवाड मनाउँदा निर्धक्क भएर मनाउँन पाइयोस भनेर नै आयोजकले प्रवेश निःशुल्क गरेका हो । हामीलाई विश्वास छ कि सिड्नीमा रहनु हुने बढी भन्दा बढी नेपालीहरू होली मनाउँन आउँनु हुनेछ । उहाँहरुको सहभागिता नै हाम्रो लागि उर्जा हो,’ बाबा एजुकेशनका शर्माले भने ।