सुशिलको एक्सन सिनेमा ‘आउटल: दफा २१९’ले ४ लिनमा कति कमायो ?

सुशिलको एक्सन सिनेमा ‘आउटल: दफा २१९’ले ४ लिनमा कति कमायो ?

द सिनेमा टाइम्स
595
Shares

द सिनेमा टाइम्स, काठमाडौं । गत फागुन २९ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘आउटलः दफा २१९’ले बक्सअफिसमा उत्साहजनक कमाई गरिरहेको छ । यो सिनेमाले दर्शककोे सुखद् साथ पाइरहेको छ ।

विक्की महर्जनको निर्देशनमा अमित अग्रहरिले निर्माण गरेको सिनेमाको ९ दिनको बक्सअफिस कलेक्सन सार्वजनिक भएको हो । सोमबारसम्म ‘आउटलः दफा २१९’ले ४ दिनमा २ करोड ३ लाख ग्रस कलेक्सन गरेको दाबी निर्माणपक्षले गरेको छ ।

निर्माणपक्षले चार दिनको एकमुष्ट आँकडा सार्वजनिक गरेको हो । अभिनेता सुशील श्रेष्ठले पनि दर्शकहरुको अपार माया पाउँदै सिनेमाले राम्रो कमाई गरिरहेको उल्लेख गरेका छन् । एक्सन तथा सामाजिक कथामा निर्माण भएको यो सिनेमाले न्यायको बिषय उठान गरेको छ ।

सिनेमाको कथावस्तु, प्रस्तुति, मेकिङलाई दर्शकले निकै रुचाएका छन् । यहीकारणले पनि दर्शकको आकर्षण सिनेमाप्रति बढेको हो । सिनेमामा सुशील श्रेष्ठ, नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डारी, सोनी ल्यागुन लगायतका कलाकारको अभिनय छ ।