द सिनेमा टाइम्स, काठमाडौं । अर्को इमोस्नल कथाले अहिले दर्शकको ध्यान तानिरहेको छ । सिनेमा ‘अञ्जिाला’ले अहिले दर्शकको मन जितिरहेको छ ।
फागुन २९ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘अञ्जिला’ले दर्शकको मन जितिरहँदा दर्शक सिनेमा हलमा पुगिरहेका छन् ।
फागुन २९ गतेपछि आएका अन्य सिनेमामा भन्दा यसमा दर्शकको चाप धेरै देखिएको छ । सिनेमा चल्दा यसका निर्मातालाई त फाइदा हुने नै छ । यसबाहेक ‘अञ्जिला’को मुख्य भूमिकामा रहेकी एन्जिला तुम्बाप्पो सुब्बालाई पनि फाइदा हुनेछ ।
यदि यो सिनेमा राम्रो सँग चल्यो भने एन्जिलाको घर बन्नेछ । ‘अञ्जिला’का निर्माता प्रेम कुमार श्रेष्ठले सिनेमाबाट आएको पैसाले एन्जिलाको घर बनाउने बताएका छन् ।
सिनेमाले पैसा नकमाए आफ्नै प्रोपर्टी बेचेर भएपनि एन्जिलाको घर बनाइदिने बताइसकेका छन् ।
तर पछिल्लो समय एन्जिलाले घर भन्दा फुटबल एकेडेमी बनाउन पाए हुन्थ्यो भन्ने चाहना व्यक्त गरेको बताइएको छ । घर बनाउँदा व्यक्तिगत प्रयोजनका लागि मात्रै हुने भन्दै उनले फुटबल एकेडेमी बनाए आफू जस्तै फुटबल खेल्न चाहना भएका तर आर्थिक अवस्था कमजोर भएका बालिकाले खेल्न पाउने बताएकी छन् ।
उनको यो चाहना आफैँमा निस्वार्थ छ । उनी व्यक्तिगत चाहनाभन्दा माथि उठेर फुटबल एकेडेमी बनाउन पाए हुन्थ्यो भन्ने सोचमा छिन् । आफूले पाएका दुःख अरुले नपाउन् भन्ने उनको सोच छ ।
आफूले सिकेको सिप आफू जस्तै दुःख पाएका बालिकाहरूलाई दिएर उनीहरूलाई खेलाडी बनाउने उनको चाहना छ । उनको यो चाहना पूरा भए एन्जिलाको सिप नयाँ पुस्ताले सिक्न पाउनेछ ।
नयाँ पुस्ताले एन्जिलाको सिप सिक्नु भनेको नेपाली महिला फुटबलको राम्रो जग बस्नु हो । नेपाली फुटबल अब्बल र सफल बन्नु हो ।
त्यसैले एन्जिलाको यो चाहना व्यक्तिभन्दा माथि देशका लागि हो । देशका लागि एउटा व्यक्तिले सोच्छ भने उनको सोचलाई मलजल गरेर सहोग गर्नु अरुको पनि दायित्व हो ।
उनको यो सपनाले मूर्त रुप पाउँदा सिप र लगाव भएर पनि आर्थिक अवस्था कमजोर भएकाहरूको सपना पनि साकार हुन्छ । देशको महिला फुटबल पनि बलियो हुन्छ ।
त्यसैले एन्जिलाको सपनामा एउटा इटा थप्दा देशको फुटबल संमृद्ध हुन्छ भने कन्जुस्याइँ गर्ने कि हातेमालो गरेर अगाडि बड्ने यो व्यक्तिको विवेकमा भरपर्ने कुरा हो ।
तर कोमल हृदयका नेपाली व्यक्तिगत सहयोगका लागि त खुला हृदयले सहयोग गरेको इतिहास छ भने सामाजिक कार्य यसमा पनि देशको खेलकुद समृद्ध हुने कुरामा कसले पो सहयोग नगर्ला र ।
त्यसैले एन्जिला ढुक्क भए हुन्छ । संसारभर रहेका नेपालीले तपाई ले देखेको यो सपनामा हातेमालो गर्नेछन् । देशको महिला फुटबललाई उकास्ने तपाईको यो निष्कलंक योजना पूरा हुनेछ । मात्रै तपाइले एकपटक यसका लागि आह्वान गरे पुग्छ । सिनेमाको नाफा कुर्नै पर्दैन । आम नेपालीले मुठ्ठी खोलेर सहयोगको हात अगाडि बढाउनेछन् । तपाइसँग सँगै सहयात्रा गर्नेछन् ।
‘अञ्जिला’ राष्ट्रिय महिला फुटबल क्लबकी कप्तान तथा गोलरक्षक एन्जिला सुब्बाको बायोपिक हो । यसमा उनको बाल्यकालदेखि खेल जीवनसम्मको संघर्ष र सफलताको भावुक कथा प्रस्तुत गरिएको छ ।
फुटबल खेल्ने चाहना पूरा गर्न उनले कसरी घर छोड्नुपर्यो । काठमाडौं आएर कसरी कति संघर्ष गर्नुपर्यो सिनेमामा देखाइएको छ । देशका लागि खेल्न व्यक्तिले एन्जिलाले जस्तो दुःख नपाउन् भन्नका लागि पनि उनको सपना पूरा हुनुपर्छ । उनको फुटबल एकेडेमीमा इटा थप्नुपर्छ ।
सिनेमाका निर्माता प्रेमकुमार श्रेष्ठ हुन् । मिलन चाम्सले निर्देशन गरेको सिनेमामा एन्जिलाको साथमा प्रेमकुमार श्रेष्ठ, सुनील थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायत कलाकारको अभिनय रहेको छ ।


प्रतिक्रिया