द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता विपिन कार्की सिनेमा ‘कर्मा’मार्फत ‘नाका’ रिलिजको लामो समयपछि एक्सन भूमिकामा देखिँदैछन् । यो सिनेमामा उनलाई अभिनेता मुकुन भुषालले खलपात्रको भूमिकामा टक्कर दिनेछन् । अभिनेता भुषाल पनि पहिलो पटक सिनेमा खलपात्रको रुपमा प्रस्तुत हुँदैछन् ।
यसअघि ‘ग्रे’ जोनमा रहेर केही क्यारेक्टर गरेपनि पूरै खलपात्रको रुपमा भने मुकुनका लागि ‘कर्मा’ पहिलो सिनेमा हो । ‘कर्मा’मा विपीन र मुकुन आमानेसामने हुँदा सिनेमा कस्तो हुनेछ ? हेर्न लायक हुने निर्देशक सौरभ चौधरीले बताउँछन् । विपीन र मुकुन दुवैले ‘कर्मा’मार्फत नयाँ अनुभव गर्दैछन् । त्यसैले उनीहरू स्वयंका लागि पनि यो सिनेमा प्रतिक्षामा छ ।
यसअघि पोजेटिभ क्यारेक्टरमा देखिँदै आएका यी कलाकारको आपसी टकराव ‘कर्मामा कस्तो हुनेछ, प्रतिक्षाको विषय बनेको छ । सिनेमामा पोजेटिभ पात्रको नेतृत्व विपीनले गर्दा नेगेटिभ पात्रको अगुवाई मुकुनले गरिरहेको टिजरमा पनि देखिएको छ । टिजरमा विपीनको एक्सनको सानो अंश देखिए पनि मुकुनको एक्सन हेर्न बाँकी छ । जुन ट्रेलरमा देखिने निर्देशक चौधरीले बताउँछन् । विपीन र मुकुन दुवैले एक्सनका लागि मेहनत गरेको सौरभको दाबी छ ।
‘कर्मा’ कथा, प्रस्तुति र मेकिङका हिसाबले आइरहेका सिनेमाभन्दा फरक रहेको मुकुनले यसअघि नै बताएसकेका छन् । आइरहेका सिनेमाभन्दा ‘कर्मा’ बिलकुल फरक रहेको उनी दावी गर्छन् । ‘कर्मा’मा अभिनेत्री उपासना सिंह ठकुरी सिनेमाका मुख्य पात्र विपीन कार्कीको अपोजिटमा छिन् । सिनेमा विपीन र उपासनासँगै ‘कर्मा’का मुकुन भुसाल, दिव्यदेव, सरिता गिरी, वेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालगायतको अभिनय रहेको छ । सिनेमा ‘कर्मा’ आगामी चैत २९ गते रिलिज हुँदै छ ।
नेपाल र विदेशमा यो सिनेमा एकसाथ प्रदर्शन हुने निर्माणपक्षले बताएको छ । निर्देशक चौधरी स्वयंले कथा लेखेको एक्सन सिनेमा ‘कर्मा’ ड्रामा, सस्पेन्स र एक्सन जनरामा छ । ‘कर्मा’ले अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार विक्रीको अधिकार सेभेन सिज सिनेमाले लिएको छ । सिनेमामा भाष्कर स्वाँरको संगीत निर्देशन, कविराज गहतराजको कोरियोग्राफी छ ।
श्री श्रेष्ठको द्वन्द्व निर्देशन, निमेष श्रेष्ठको सम्पादन, तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको सिनेमामा समीर मियाको भिएफएक्स, उत्तम न्यौपानेको व्याकग्राउण्ड स्कोर छ । शाहिल खानको टिजर–ट्रेलर, विजय बाश्यालको पब्लिसिटी डिजाइन र राजेन्द्र मोक्तान कलरिस्ट रहेका छन् ।
आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा वसन्त लम्सालको लगानी छ । निर्देशक चौधरी निर्देशित ‘अगस्त्यः च्याप्टर १’ले दर्शक र समीक्षकको पाएको थियो ।


प्रतिक्रिया