मिलन चाम्स निर्देशित ‘अञ्जिला’को १३ दिने कमाई कति ?

मिलन चाम्स निर्देशित ‘अञ्जिला’को १३ दिने कमाई कति ?

द सिनेमा टाइम्स
231
Shares

द सिनेमा टाइम्स, काठमाडौं । गत फागुन २९ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘अञ्जिला’ले प्रदर्शनको १३ दिनमा ८ करोड ७० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको दाबी निर्माण टिमको छ । सिनेमाका वितरक करण श्रेष्ठका अनुसार यो कलेक्सन दोस्रो साताको मंगलवारसम्म देशभरका हलबाट प्राप्त रिपोर्टका आधारमा दिइएको हो ।

सिनेमाका निर्माता प्रेमकुमार श्रेष्ठले दोस्रो हप्ताको कलेक्सन पनि पहिलो हप्ता अनुसार अपेक्षाकृत रहेको छ । उनले भने, ‘हामीले सोचेजस्तै सिनेमाले राम्रो व्यापार गरिरहेको छ । दर्शकको माया र समर्थनले हामीलाई थप हौसला मिलेको छ । अझै केही सातासम्म राम्रो व्यापार गर्ने अपेक्षा गरेका छौं ।’

सिनेमाका निर्देशक मिलन चाम्सले ‘अञ्जिला’को सफलताप्रति खुसी व्यक्त गरेका छन् । ‘नेपाली दर्शकले राम्रो सिनेमा रुचाउने प्रवृत्ति फेरि प्रमाणित भएको छ । कथा, प्रस्तुतीकरण र कलाकारको उत्कृष्ट अभिनयले दर्शकलाई हलसम्म ल्याएको छ । आगामी दिनमा अझ राम्रो हुने आशा छ,’ निर्देशक चाम्सले भने ।

‘अञ्जिला’ विश्वभरका १६ देशमा प्रदर्शनमा आउँदै छ । नेपालको प्रतिक्रिया हेरी ओभरसिज वितरकले सिनेमाको माग गरेको निर्देशक चाम्सले बताए ।

यो सिनेमा नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ । जसमा एन्जिला आफैँले मुख्य भूमिकामा अभिनय गरेकी छन् । सिनेमामा उनको बाल्यकालदेखि खेल जीवनसम्मको संघर्ष र सफलताको कथा प्रस्तुत गरिएको छ ।

सिनेमामा एन्जिलासँगै प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

बिहीबारदेखि तेस्रो हप्ता प्रवेश भएको यो सिनेमालाई दर्शकले मन पराइरहेका छन् । बक्सअफिसमा लगातार राम्रो कमाई गरिरहेका आगामी दिनमा अझै राम्रो हुनेमा आशावादी छ ।