द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता विपिन कार्कीलाई एक्सन अवतारमा प्रस्तुत गरिएको सिनेमा ‘कर्मा’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको सिनेमाको ३ मिनेट ४ सकेण्ड लामो ट्रेलरले सिनेमाको कथावस्तु बारेमा प्रकाश पार्छ ।
सिनेमामा विशेषगरी अभिनेता विपिन कार्की र मुकुन भुषाल बीचको टकरावलाई स्थान दिइएको छ । सिनेमाको ट्रेलरमा पुलिस अफिसरको भूमिकामा देखिएका अभिनेता दिव्यदेव र कलाकार सरिता गिरीको चरित्रले समेत दर्शकको ध्यान खिच्ने देखिन्छ । ‘जे जान्छ त्यो घुकेर आउँछ’ भन्ने सन्देश दिने सिनेमाको ट्रेलर दर्शकमाझ कौतुहल्ता जगाउन सफल छ ।
‘कर्मा’लाई सौरभ चौधरीले निर्देशन गरेका हुन् । यसअघि उनले ‘अगस्त्य’ निर्देशन गरेका थिए । सिनेमामा विपिनको जोडी अभिनेत्री उपासना सिंह ठकुरीसँग बाँधिएको छ । यो उनीहरुको पहिलो सहकार्य हो । सिनेमामा मुकुन भुसाल, दिव्यदेव पन्त, सरिता गिरी, बेन बस्नेत लगायतको पनि अभिनय छ । मुकुनले सिनेमामा नकारात्मक भूमिका निवार्ह गरेका छन् ।
आर्टिस्टिक इन्टरटेनमेन्टको प्रस्तुति रहेको सिनेमालाई संजय लामाले खिचेका हन् । वसन्त लम्सालको लगानी रहेको सिनेमामा निर्देशक चौधरी स्वयंको कथा छ । सिनेमामा भाष्कर स्वाँरको संगीत निर्देशन तथा ब्याकग्राउन्ड म्यूजिक, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, कविराज गहतराजको कोरियोग्राफी तथा निमेष श्रेष्ठको सम्पादन छ । ‘कर्मा’लाई अन्तर्राष्ट्रिय बजारमा सेभेन सिज सिनेमाले वितरण गर्नेछ ।


प्रतिक्रिया